टिभिएस टेक्निकल ट्रेनिङमा युनिराइडका चौधरी प्रथम

काठमाडौं । टिभिएसको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले सर्भिस मेकानिकहरुलाई लक्षित गरी ‘टिभिएस टेक्निकल ट्रेनिङ प्रोग्राम’ सम्पन्न गरेको छ ।

मंगलबार र बुधबार चलेको उक्त टे«निङमा टिभिएसको बिक्रेता युनिराइड महालक्ष्मीस्थान ललितपुरका राजेश चौधरी प्रथम भएका छन् । नेपालभर रहेका सर्भिस सेन्टरका मेकानिकहरु सहभागी ट्रेनिङमा चौधरी प्रथम हुन सफल भएका हुन् ।

चौधरीलाई बुधबार जगदम्बा मोटर्सका सर्भिस हेड श्याम महर्जनले प्रथम भएको सर्टिफिकेट तथा पुरस्कार प्रदान गरे । टे«निङमा प्रथम हुन पाउँदा निकै खुसी लागेको चौधरीले बताए । युनिराइडका मेकानिक प्रथम हुँदा युनिराइड परिवार हर्षित भएको सञ्चालक निर्मल सिग्देलले बताए । ‘दक्ष जनशक्ति उत्पादन गर्न युनिराइड सधैं तत्पर छ,’ उनले भने ।

jutta mela

You might also like

Comments are closed.