युनिराइड टिभिएसलाई लगातार अवार्ड

काठमाडौं । टिभिएसको लिडर्स मिट सम्पन्न भएको छ । उक्त अवसरमा टिभिएसका डिलरहरु मध्ये ललितपुरको महालक्ष्मी स्थानमा रहेको युनिराइड अटो प्रालिले नेपालकै ‘बेष्ट फोकस डिलर’को अवार्ड जित्न सफल भएको छ । युनिराइडले अघिल्लो वर्ष पनि बेस्ट डेब्यु अवार्ड जित्न सफल भएको थियो ।

टिभिएसको लागि नेपालको एकमात्रै आधिकारिक बिक्रेता जगदम्बा मोटर्सको आयोजनामा शनिबार र आइतबार भएको लिडर्स मिटको अवसरमा युनिराइडले सम्मान प्राप्त गरेको हो ।

जगदम्बा मोटर्सका प्रवन्ध निर्देशक अखिल गुप्ता र प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले युनिराइड अटोका सञ्चालक निर्मल सिग्देललाई बेस्ट फोकस डिलर अवार्ड प्रदान गरेका हुन् ।

jutta mela

बेष्ट फोकस डिलर प्राप्त हुँदा निकै खुसी लागेको बताउँदै सिग्देलले आगामी दिनमा टिभिएसप्रति ग्राहकको आकर्षण बढाउँदै बिक्री पनि बढाउने आफ्नो लक्ष्य रहेको बताए । उनले जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवाल, भाइस प्रेसिडेन्ट दीपक रौनियार, मार्केटिङ हेड बिक्रम पौडेल, क्षेत्रीय प्रवन्धक केशव कार्की लगायत दगदम्बा मोटर्स र युनिराइडका कर्मचारीप्रति आभार व्यक्त गरेका छन् ।

२०२२ का लागि जगदम्बा मोटर्सले लिएको ‘असिम उडान’को लक्ष्यलाई प्राप्त गर्ने उनले प्रतिबद्धता गरेका छन् ।

You might also like

Comments are closed.