युनिस्टार एजुकेसन दशौँ वर्षमा प्रवेश : वृद्धाश्रममा खाद्यान्न वितरण गरी मनाइयो वार्षिकोत्सव

पोखरा । पोखराको सिद्धार्थचोकमा अवस्थित युनिस्टार एजुकेसन प्रा.लि.ले स्थापनाको १० वर्ष पूरा गरेको छ । १० औँ वार्षिकोत्सवको अवसरमा संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा–१७, सितापाइलामा रहेको पोखरा वृद्धाश्रममा रहेका वृद्ध–वृद्धाहरूलाई लक्षित गरी खाद्यान्न तथा रासन वितरण गरेको छ ।

विक्रम संवत् २०७३ साल भदौमा स्थापना भएको युनिस्टारले अस्ट्रेलिया, अमेरिका, युके, क्यानडा, न्युजिल्यान्ड लगायतका देशहरूमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिनुका साथै तयारी कक्षाहरू आइइएलटीएस, पिएटीइ, टोफेल अध्यापन गराउँदै आएको संस्थाका सञ्चालक सन्तोष शाहीले जानकारी दिए ।

युनिस्टार एजुकेसन नेपाल सरकारको शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शैक्षिक परामर्श तथा भाषा प्रमाणीकरण शाखाबाट मान्यता प्राप्त संस्था हो । साथै, यो नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को सदस्य संस्था पनि हो । यस संस्थामा अनुभवी र तालिमप्राप्त परामर्शदाताहरूबाट शैक्षिक परामर्श दिइनुका साथै ब्रिटिस काउन्सिल र पिएरसन पिटिइबाट तालिम प्राप्त प्रशिक्षकहरूद्वारा आइइएलटीएस, पिएटीइ र टोफेल कक्षाहरू पढाउने गरिन्छ ।

विभिन्न देशका कलेज तथा विश्वविद्यालयहरूको आधिकारिक प्रतिनिधि रहेको यस संस्थाले विगत १० वर्षदेखि हजारौँ विद्यार्थीलाई उनीहरूको हित हुने गरी कोर्स तथा विश्वविद्यालय छनौटमा सहयोग गर्दै आएको शाहीले जानकारी दिए । वार्षिकोत्सवको अवसरमा संस्थाले आइइएलटीएस, पिएटीइ र टोफेल कक्षाहरूमा विशेष छुटको व्यवस्था समेत गरेको छ ।

आगामी दिनमा अन्तर्राष्ट्रिय शिक्षालाई नेपाली विद्याथीको पहुँचमा ल्याउन आफ्ना सेवाहरूलाई अझ प्रभावकारी र विश्वासिलो बनाउने योजना संस्थाको रहेको छ। नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरी आफ्ना सेवाहरू विस्तार गर्दै विद्यार्थी तथा अभिभावकहरूको मन जित्ने लक्ष्य संस्थाले लिएको छ ।

You might also like

Comments are closed.