काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पाँच म्युचुअल फण्डहरुको इकाईमूल्य लाभांश घोषणा अनुसार समायोजन गरिएको छ। समायोजनमा सानिमा ग्रोथ फण्ड, सानिमा लार्ज क्याप फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ तथा सिद्धार्थ इक्विटी फण्ड परेका छन् ।
सानिमा ग्रोथ फण्डले १५.७९% लाभांश घोषणा गरेसँगै यसको इकाईमूल्य ९ रुपैयाँ २६ पैसा कायम भएको छ । त्यस्तै, सानिमा लार्ज क्याप फण्डले २१.०५% लाभांश वितरण गर्ने घोषणा गरेको छ, जसअनुसार यसको इकाईमूल्य ९ रुपैयाँ ५९ पैसा मा समायोजन गरिएको हो ।
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को २०% लाभांश घोषणा भएपछि यसको इकाईमूल्य ९ रुपैयाँ ५३ पैसा मा झरेको छ । त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को १७% लाभांश अनुसार इकाईमूल्य ९ रुपैयाँ ३२ पैसा कायम भएको छ । यसैगरी, सिद्धार्थ इक्विटी फण्डले २०% लाभांश घोषणा गरेको छ र समायोजनपछि यसको इकाईमूल्य ९ रुपैयाँ ४८ पैसा भएको छ ।
समायोजन अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा गरिएको हो । अघिल्लो दिन सानिमा ग्रोथ फण्डको अन्तिम इकाईमूल्य १० रुपैयाँ ८४ पैसा, सानिमा लार्ज क्याप फण्डको ११ रुपैयाँ ६९ पैसा, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ११ रुपैयाँ ५३ पैसा, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को ११ रुपैयाँ २ पैसा र सिद्धार्थ इक्विटी फण्डको ११ रुपैयाँ ४८ पैसा रहेको थियो ।
नेप्सेले समायोजित मूल्यलाई आधार मानेर आइतबारदेखि दोस्रो बजारमा यी फण्डहरुको कारोबार सुरु हुने जनाएको छ ।
Comments are closed.