युनाइटेड कलेज स्थापनाको २५औं वर्षको अवसरमा पूर्व विद्यार्थीको मेला

काठमाडौं । युनाइटेड कलेज कुमारी पाटी स्थापनाको २५औं वर्ष प्रवेशको अवसरमा युनाइटेड आल्मुनाइको आयोजनामा मेला सम्पन्न भएको छ । कलेजबाट पासआउट भएका र हाल विभिन्न व्यवसायमा आबद्ध पूर्व विद्यार्थीहरुले मेला आयोजना गरेका हुन् ।

शुक्रबार आयोजित उक्त मेलामा फुड, विभिन्न बस्तुको प्रदर्शनी र नेटवर्किङसँग सम्बन्धित स्टल राखिएका थिए । कार्यक्रममा टिभिएसको बिक्रेता रेस अटो र युनिराइडको समेत स्टल राखिएको थियो । रेस अटो र युनिराइडका सञ्चालक निर्मल सिग्देल कलेजका पूर्व विद्यार्थी हुन् ।

कलेजबाट उत्तीर्ण भएका विद्यार्थीहरुको संस्था युनाइटेड आल्मुनाई छ । कलेजबाट उत्तीर्ण भएका विद्यार्थीहरुको व्यवसाय प्रवद्र्धन गर्न सहयोग पुर्याउने उद्देश्यले कलेजसँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।

टिभिएसको स्टलमा जगदम्बा मोटर्समा रिजनल म्यानेजर केशव कार्की, रिजनल अफिसर बिराज सिंह लगायतको उपस्थितिमा टेष्ट ड्राइभ कार्यक्रमसमेत भएको थियो । उक्त अवसरमा २० वटा स्टल राखिएका थिए ।

You might also like

Comments are closed.