काठमाडौं । नेपाली बजारमा लोकप्रिय लुब्रिकेन्ट ब्रान्ड ‘भिडोल’ र ‘नेपाल गोल्ड’को उत्पादक युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिज प्रालिले ‘युनाइटेड दोस्रो डिलर मिट २०२५’ सम्पन्न गरेको छ । काठमाडौंको बुढानिलकण्ठस्थित होटल लेमन ट्रि प्रिमयरमा आयोजित डिलर मिटमा देशभरका ४२ डिलरका सञ्चालक तथा प्रतिनिधि सहभागी थिए । कम्पनीले यस कार्यक्रममार्फत उत्कृष्ट कार्यसम्पादन गर्ने डिलर तथा कर्मचारीलाई सम्मानसमेत गरेको छ ।
डिलर मिटमा कम्पनीले गत वर्षको कार्यसम्पादनको समीक्षा गर्नुका साथै आगामी वर्षका लागि नयाँ योजनाहरूमाथि विस्तृत छलफल गरेको छ । कम्पनीका डेप्युटी जनरल म्यानेजर दिनेश खनालले यस किसिमका कार्यक्रमहरूले कम्पनी र डिलरबीचको सम्बन्ध अझै मजबुत बनाउने बताए । ‘डिलरहरूसँगको समन्वय र सहकार्यले नै कम्पनीलाई बजारमा अगाडि बढ्न सहयोग पुगेको छ,’ उनले भने, ‘देशभरका सबै डिलरहरुको उत्कृट कार्यसम्पादनले नै हामीलाई सफल बनाएको छ ।’
कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक दिपेन्द्र मिश्रले छोटो समयमै भिडोल (अन्तर्राष्ट्रिय ब्रान्ड) र नेपाल गोल्ड (नेपाली ब्रान्ड) नेपाली बजारमा लोकप्रिय बन्न सफल भएको बताए । उनले यस सफलताको श्रेय देशभरका डिलरहरूको अथक प्रयास र ग्राहकको विश्वासलाई दिए । आगामी दिनमा पनि कम्पनीले आफ्ना उत्पादनको गुणस्तरमा कुनै सम्झौता नगर्ने र ग्राहकका लागि नवीनतम उत्पादनहरू ल्याइरहने उनले प्रतिबद्धता व्यक्त गरे ।
कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने डिलरहरूलाई विदेश भ्रमणको प्याकेजसहित सम्मान गरेको छ । भिडोलतर्फ घिमिरे सप्लायर्स (बिर्तामोड) प्रथम हुँदै ३ रात ४ दिनको सिंगापुर भ्रमणको प्याकेज जितेको छ । यस सप्लायर्सका सञ्चालक राजीव घिमिरेले आफूले पाएको सफलताप्रति खुसी व्यक्त गरे।
शिखरलिंक ट्रेडिङ (केशर थापा मगर, सञ्चालक) दोस्रो भएको छ । जसले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेका छन् । तेस्रो स्थान हासिल गर्ने सिर्जना अटो सर्भिस (दिपेन्द्र कुमार चौधरी, सञ्चालक) धरान ले ४ दिन ३ रातको पोखरा भ्रमणको प्याकेज पाएको छ ।
नेपाल गोल्ड ब्रान्डतर्फ पनि उत्कृष्ट डिलरहरूलाई सम्मान गरिएको थियो । पहिलो स्थान हासिल गर्ने के.एन. ल्युब सप्लायर्स (निलम काफ्ले, सञ्चालक), इटहरीले सिंगापुर भ्रमणको प्याकेज पाएको छ । दोस्रो स्थानमा दयाल मोटर्स पार्टस एन्ड सप्लायर्स (सुरत दयाल, सञ्चालक), मिर्चैयाले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेको छ । तेस्रो स्थान अशोक ट्रेड सेन्टर (अशोक बोहोरा, सञ्चालक), धनगढीले जितेको छ । सञ्चालक बोहोराले पोखरा भ्रमणको प्याकेज जितेका छन् ।
उत्कृष्ट डिलरहरूको सफलताले कम्पनीलाई नयाँ ऊर्जा दिएको र आगामी दिनमा अझ ठूला लक्ष्य हासिल गर्न प्रोत्साहन मिलेको कम्पनीले प्रवन्ध निर्देशक मिश्रले बताए ।
कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई पनि सम्मान गरेको छ । भिडोलतर्फ सुशील ताम्राकार र नेपाल गोल्डतर्फ शेख हुसेनलाई उत्कृष्ट कर्मचारीको सम्मान प्रदान गरिएको छ ।
सम्मानले कर्मचारीको मनोबल बढाउने र कम्पनीको प्रगतिमा उनीहरूको योगदानलाई कदर गर्ने कम्पनीले जनाएको छ । कार्यक्रमको समापनपछि सबै सहभागीले आगामी वर्षमा कम्पनीलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता जनाएका थिए ।
Comments are closed.