काठमाडौं । युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रा.लि. द्वारा आयोजित ‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्याण्डको पटायामा सम्पन्न भएको छ । कम्पनीका डिलर तथा व्यावसायिक साझेदारहरूबीचको सम्बन्धलाई थप सुदृढ बनाउने, उत्कृष्ट कार्यसम्पादन गर्नेलाई सम्मान गर्ने र नयाँ उत्पादनहरू सार्वजनिक गर्ने मुख्य उद्देश्यसहित उक्त कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
सेप्टेम्बर २१ देखि २५ सम्म थाइल्याण्डको पटायास्थित द हलिडे रिसोर्टमा सम्पन्न समिटमा देशका विभिन्न क्षेत्रबाट कम्पनीका डिलर तथा प्रतिनिधिहरूको सहभागिता थियो । कार्यक्रममा भिडोल लुब्रिकेन्ट र नेपाल गोल्ड लुब्रिकेन्ट ब्रान्डका डिलरहरूबीच आपसी अनुभव, व्यावसायिक सम्भावना, बजारका अवसर तथा आगामी सहकार्यका विषयमा विस्तृत छलफल तथा अन्तरक्रिया भएको थियो । यसले कम्पनी र डिलरहरूबीचको व्यावसायिक दूरीलाई कम गर्दै सहकार्यलाई अझ मजबुत बनाउन मद्दत पुगेको कम्पनीले जनाएको छ ।
उत्कृष्ट डिलर तथा उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तिहरूलाई सो अवसरमा अवार्ड सेरेमनीमार्फत सम्मानित गरिएको थियो । व्यावसायिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने डिलर तथा उत्कृष्ट पर्फर्मरहरूको कदर गर्दै उनीहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
यसै अवसरमा कम्पनीले आफ्ना उत्पादन पोर्टफोलियोलाई थप विस्तार गर्दै बाइक तथा स्कुटरका लागि नयाँ इन्जिन आयल, स्कुटर गेयर आयल, चेन लुब र डिजेल एक्जस्ट फ्लुइडसमेत बजारमा सार्वजनिक गरेको छ । नयाँ उत्पादनहरूको यो सुरुआतसँगै कम्पनीले ग्राहकको बदलिँदो आवश्यकता र बजारको मागलाई अझ प्रभावकारी रूपमा सम्बोधन गर्ने विश्वास व्यक्त गरेको छ ।

कार्यक्रमको सफलता र प्रभावकारिताबारे प्रकाश पार्दै युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रा. लि. का डेपुटी जनरल म्यानेजर दिनेश खनालले ‘युनाइटेड डिलर्स समिट २०८३’ अति नै सफल, फलदायी र ऊर्जावान रहेको बताएका छन् । उनका अनुसार यस कार्यक्रमले कम्पनी र डिलरहरूबीचको सहकार्यलाई नयाँ उचाइमा पु¥याउनुका साथै आगामी दिनमा व्यावसायिक विकासका लागि सकारात्मक ऊर्जा प्रदान गरेको छ ।
‘औपचारिक तथा व्यावसायिक छलफलका साथै विभिन्न मनोरञ्जनात्मक र अन्तरक्रियात्मक गतिविधिहरू समेत समेटिएको यस समिटले कम्पनी र व्यावसायिक साझेदारबीचको सम्बन्धलाई अझ आत्मीय र प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने ।




Comments are closed.