काठमाडौं । रोयल इनफिल्डको सबैभन्दा सस्तो मोडल हन्टर ३५० मा इन्जिन अपडेटसंगै नयाँ फिचर समेत थप गरिएको छ । नेपाली बजारमा यसअघि नै उपलब्ध हन्टर ३५० अव बिएस६ अपडेट भएर आएको छ ।
रोयल इनफिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ्सले सोमबार नयाँ हन्टर ३५० लन्च गरेको हो । कार्यक्रममा ११ जना ग्राहकलाई बाइकको चाबी हस्तान्तरण गरिएको थियो ।
सिंगल र डुअल टोन कलरमा उपलब्ध यस मोटरसाइकलको मूल्य ४ लाख ९५ हजार र ५ लाख रुपैयाँ निर्धारण गरिएको छ । नयाँ हन्टरलाई रोयल इनफिल्डको नेपालस्थित प्लान्टबाट एसेम्वल गरिने कम्पनीले जनाएको छ ।
हन्टर ३५० को अपडेटेड भर्सनमा बिएस६ इन्जिनका साथै, डुअल च्यानल एबिएस, स्लिप असिस्ट क्लच, नयाँ सस्पेन्सन सेटअप, नयाँ डिजिटल क्लस्टर, पूर्णत एलईडी लाइट र उच्च ग्राउन्ड क्लिरियन्स जस्ता फिचर थप गरिएको छ ।





Comments are closed.