काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले ६५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
लघुवित्तको माघ १३ गते शुक्रबार बसेको सञ्चालक समिति बैठकले ६१.७५ प्रतिशत बोनस सेयर र करसहित ३.२५ प्रतिशत नगद लाभांश गरी जम्मा ६५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीको चक्ता पुजी ६ करोड ५६लाख २५ हजारको ३.२५ प्रतिशतले हुन आउने रकम २१ लाख ३२ हजार ८ सय रुपमा करसहित नगद लाभांश र ६१.७५ प्रतिशतले हुन आउने रकम ४ करोड ५ लाख २३ हजार २ सय रुपैयाँ बोनस सेयर सेयरधनीहरुलाई वितरण गर्ने समितिले निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिने छ ।उपकार लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कोहलपुर नगरपालिका वडा नं ११ मा रहेको छ ।
Comments are closed.