काठमाडौं । द अर्बन स्पेसले ‘धन्यवाद डाक्टर’ अभियान सञ्चालन गरेको छ । सम्पूर्ण विश्वलाई नै आक्रान्त पारिरहेको कोभिड–१९ को महामारीमा आफ्नो ज्यान समेत जोखिममा राखेर दिन रात सेवामा खटिएका स्वास्थ्यकर्मीहरुको सम्मान तथा उनीहरुलाई उत्साह प्रदान गर्न यो अभियान सुरु भएको बताइएको छ । यस्तो विषम परिस्थितिमा आफ्नो सुरक्षाको समेत पर्वाह नगरी बिरामीको उपचारमा सेवा दिंदै आएका तमाम स्वास्थ्यकर्मीहरुको कामको उच्च कदर गर्दै द अर्वन स्पेसको टिमले डाक्टरहरुलाई धन्यवाद दिएको हो ।
‘मेरा नजिकका साथीहरु छन् जो सैन्य तालिम प्रदान गर्छन् । र म लगातार सुन्दै आएको छु कि कसरी सेनाहरुलाई उनीहरुले दिएको योगदानको लागि भिक्टोरिया क्रस जस्ता पुरस्कार दिइन्छ । र, डाक्टरहरु जनताको ज्यान बचाउन महत्वपूर्ण व्यक्ति हुनु सेनाको प्रधान सेनापति भन्दा कम छैन,’ द अर्बन स्पेसका संस्थापक, इन्जिनियर विपिन गैरे भन्छन्, ‘यो भावनाले मलाई तब छोयो जब मेरो सम्पूर्ण परिवार कोभिडबाट पीडित थियो। डाक्टरहरुले अहोरात्र खटेर हामीलाई स्वास्थ्य सेवा दिनुका साथै पÞmोनबाटै पनि परामर्शहरु बारम्बार दिइरहनु हुन्थ्यो । यसै कार्यको कदर गर्दै हामीले धन्यवाद डाक्टर अभियान शुरू गरेका छौं ।’
हालसालै ललितपुर जिल्लाको भैसेपाटीमा अवस्थित मेडिसिटि अस्पतालका डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुलाई भेटेर द अर्वन स्पेसको टिमले धन्यबाद दिएको छ । यस कम्पनीका सह–संस्थापक र प्रमुख ब्राण्ड अफिसर, शिव कंडेलले द अर्वन स्पेसको कार्यालय वरपर (विशेष गरि ललितपुर जिल्ला) का अस्पतालहरुमा गएर त्यहाँका सबै स्वास्थ्यकर्मीहरुलाई भेटेर धन्यवाद अभियान चलाइने बताए ।
‘डाक्टर तथा स्वास्थ्यकर्मीहरुले स्वस्थ समाज निर्माणमा दिनुभएको योगदानको कदर गर्दैछौं । यो महामारीमा हाम्रै टिममा पनि कति जना बिरामी पर्नुभयो, कतिले आफ्ना आफन्त गुमाउनु भयो । यसबाट हामीले स्वास्थ्य सेवा दिंदै आउनुभएका डाक्टर र अन्य स्वास्थ्यकर्मीहरुको नेतृत्वलाई मनन गर्ने अवसर पायौँ,’ उनले भने । विभिन्न पेशाकर्मी तथा संस्थाहरुलाई भेटेर द अर्वन स्पेसले कसरि प्रभावकारिताका साथ आफ्ना सेवाहरु सुचारु गर्न सक्छ भन्ने विषयमा राय, सल्लाह र सुझावहरु लिँदै अघि बढ्ने क्रममा रहेको उनले बताए । ‘हामीले यो निशेधाज्ञामा पनि बाहिर निस्किएर आफ्नो कर्तव्य पालना गर्ने डाक्टरहरुलाई धन्यवाद दिंदै यो कामको शुरुवात गरेका हौैं,’ उनले भने ।
अर्वन स्पेसको टीमका अधिकांश सदस्यहरु कोरोना संक्रमित भएको बताइएको छ । ‘ती मध्ये कतिले त आफ्नो परिवार र प्रियजनलाई पनि गुमाउनुपर्यो । त्यो दर्दनाक समयमा, डाक्टरहरुले उपचार गर्दै हामीलाई पÞmोनबाटै पनि परामर्श दिदै मानसिक रुपमा पनि बलियो पार्दै आफ्नो काम गर्नको लागि तयार पार्नुभयो,’ अर्वन स्पेसका व्यापार विकास कार्यकारी पुजन ओझा भन्छन्, ‘जब हामी ती कठिन समयमा सुरक्षाको लागि घरभित्रै बसेर निषेधाज्ञाको पालना गर्दै थियौँ, धेरै डाक्टरहरुले हामीलाई मद्दत गर्दै आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किनुभएको थियो । र यो कुराले हामीलाई धेरै प्रभावित पारेर हामीले यस अभियान थालेका हौं ।’
द अर्वन स्पेस विशुद्ध नौलो व्यवस्था भएको हाउजिङको अवधारणा हो । यो बंगला र हाउजिङको एउटा मिश्रित रुप हो, जसमा प्रत्येक घरको लागि छुट्टै प्रवेश गर्न एन्ट्री बनाइएको हुन्छ । यस परियोजनाको अभिप्राय भनेको गेटेड समुदायलाई विस्थापित गरी सोसियल कम्युनिटीको निर्माण गर्नु रहेको कम्पनीले जनाएको छ । अर्वन स्पेसको मूल उद्देश्य भनेको सुखद् शहरी जीवनको अनुभव प्रदान गर्नु हो र यो ललितपुरको मुटु (रिंग रोडदेखि २०० मिटरबाहिर) मा अवस्थित छ ।
‘शहरी क्षेत्रमा बढ्दो जनसंख्याका कारणले व्यवस्थित हाउजिङको लागि पर्याप्त जग्गा पाउन गाह्रो हँुदै आइरहेको छ । यस्तो अवस्थामा थोरै जगामा पनि धेरै ठाउँ उपभोग गर्न मिल्ने सोचका साथ् हामीले यो अवधारणा लिएका आएका हौं,’ गैरे भन्छन्, ‘युरोप र पश्चिमी देशहरुमा यसलाई टाउन हाउस भनिन्छ । यस अन्तर्गत तपाईंले आफ्नो छुट्टै घरका साथै घरको पछाडि भएको सबैले उपभोग गर्न पाउने साझा खुला व्याक्यार्ड पनि पाउनुहुनेछ । यस परियोजनामा १२ विशिष्ट घर रहेका छन् ।’
Comments are closed.