पोखरा । युआरएल पत्रकारिता पुरस्कार २०७८ बाट राससकर्मी हरिप्रसाद बाँस्तोला सम्मानित भएका छन् । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को आठौँ वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारीले नगद २० हजार र ताम्रपत्रले बाँस्तोलालाई सम्मान गरिन् ।
मन्त्री अधिकारीले नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन पहल भइरहेको बताइन् । सरकारी क्षेत्रमा पर्याप्त दक्ष जनशक्ति र पूर्वाधार अभावले प्रभावकारी स्वास्थ्य सेवामा कठिनाइ भइरहेको जनाउँदै उनले निजी क्षेत्रले पनि सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा जोड दिइन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व कुलपति प्राडा बुद्धिबहादुर थापाले हरेक क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा पनि बग्रेल्ति चुनौति रहेको र पछिल्लो समय विभिन्न प्रविधिको विकास सँगै स्वास्थ्य सेवा पनि प्रभावकारी बन्दै गएको धारणा राखे । सम्मानित व्यक्तित्व बाँस्तोलाले कर्म क्षेत्रको लामो यात्रामा प्राप्त पुरस्कारले अझ जिम्मेवार भएर कलम चलाउन प्रेरित गरेको बताए ।
युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले करिब ४ सय संघ, संस्थासँग सहकार्य गरी शिविरमार्फत सचेतना र निः शुल्क जाँच सर्वसाधारणसम्म पु¥याएको बताए । पन्तले भने, ‘हामीले नाफाभन्दा अघि सामाजिक उत्तरदायित्व र सेवालाई राखेका छौं ।
पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारी, अफिम गण्डकीका अध्यक्ष अशोक पालिखे, पोखरा स्वास्थ्य विज्ञानका सिनेटर मीनबहादुर गुरुङलगायतले स्वास्थ्य क्षेत्र र मिडियाले उठान गर्नुपर्ने विषयमा धारणा राखेका थिए ।
Comments are closed.