पोखरा । पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) स्थापनाको आठौं वर्ष प्रवेश गरेको छ । आज मंगलबार युआरएलले सातौं वार्षिकोत्सव मनाउँदैछ ।
वार्षिकोत्सवको अवसरमा यस वर्ष युआरएल पत्रकारिता पुरस्कार २०७७ पत्रकार प्रदीप पौडेललाई प्रदान गर्ने कार्यक्रम छ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युआरएलले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ ।
रक्त परीक्षणका लागि युआरएलमा सेवाग्राहीको आकर्षण देखिएको सञ्चालक ठाकुरप्रसाद पन्त बताउँछन् ।
Comments are closed.