युआरएलमा चाडपर्व लक्षित छुट योजना : युरिक एसिड निःशुल्क परीक्षण, अन्य परीक्षणमा बिशेष छुट

पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले दसैं, तिहारसहितका चाडपर्व लक्षित छुट योजना सार्वजनिक गरेको छ । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त युआरएलको यो चाडपर्व विशेष छुट योजना कात्तिक १० गतेसम्म युआरएलका सबै शाखामा लागू हुनेछ ।

जेनजी आन्दोलनपछि बद्लिएको परिस्थितिमा पनि ग्राहकको सेवालाई मध्यनजर गरी छुट योजना सार्वजनिक गरिएको अध्यक्ष ठाकुरप्रसाद पन्थले जानकारी दिए । यो अवधिमा युरिक एसिड निःशुल्क, थाइराइड, क्यान्सर, भिटामिन डी, होलबडी लगायत सबै प्रकारका जाँचमा विशेष छुट दिइने पन्थले उल्लेख गरे ।

विश्वकै सर्वोकृष्ट प्रविधि तथा दक्ष र अनुभवी प्राविधिकबाट गुणस्तरीय रुपमा सेवा दिँदै आएको युआरएल १२ वर्षअघि स्थापना भएको हो । युआरएलले १२ वर्षको अवधिमा आफैं र विभिन्न संघ, संस्थासँग सहकार्य गरी २ सय ९ निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले जानकारी दिए । उनले साढे ३ लाख जनाले शिविरबाट निःशुल्क रगत जाँच सुविधा लिएको जनाए ।

 

You might also like

Comments are closed.