अमेरिकी निजी रोजगारदाताद्वारा अक्टोबरमा ५ लाख ७१ हजार नयाँ अवसर प्रदान

 

वासिङ्गटन । निजी व्यवसायीहरूले गत महिना पाँच लाख ७१ हजार मानिसहरूलाई रोजगारीका लागि प्रतिवद्धता जनाएका पेरोल सेवा फर्म (एडीपी)ले बुधबार जानकारी गराएको छ । यो कोभिड–१९ को डेल्टा लहरबाट प्रभावित बनिरहेका समय अमेरिकी अर्थव्यवस्थामा राहतको एक नवीनतम संकेत हो ।

निजी क्षेत्रको यो प्रयास रोजगार वृद्धिसम्बन्धी विश्लेषकहरूले पूर्वानुमान गरेभन्दा राम्रो भएको बताइएको छ । ठूला मझौला तथा साना सबै आकारका फर्महरूले नयाँ पद थपेका कारण निजी क्षेत्रमा नयाँ रोजगारीका अवसरमा वृद्धि देखिएको छ ।

सेवा क्षेत्रमा भएको अधिकांश वृद्धिमा महामारी प्रतिबन्धको कारण नराम्ररी प्रभावित भएका मनोरञ्जन र आतिथ्य प्रदायक व्यवसायहरू पनि समावेश रहेका बताइएको छ । रासस÷एएफपी

You might also like

Comments are closed.