पोउवासंघको कार्यसमिति सदस्यमा उत्तम कार्कीको उम्मेदवारी घोषणा

 

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि युवा व्यवसायी उत्तम सेवक कार्कीले उम्मेदवारी सार्वजनिक गरेका छन् । कार्कीले स्वतन्त्र व्यवसायीहरुको समूहबाट कार्यसमिति सदस्य पदमा उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

देश तथा विदेशमा व्यावसायिक अनुभव संगालेका व्यवसायी कार्कीले पोखरा उद्योग वाणिज्य संघमा प्रवेश गरेर उद्योगी व्यवसायीहरुको हकहितको क्षेत्रमा काम गर्ने उद्देश्य राखेको बताए ।

अहिले उनी पोखरा बेसी सहकारीको प्रवन्धक तथा सञ्चालकसहित विभिन्न डिपार्टमेन्टल स्टोर्समा लगानी गरेका छन् । युवाहरुलाई व्यवसायमा लाग्नका लागि आफूले प्रोत्साहन गरिरहेको र आगामी दिनमा पनि गर्ने उनले बताए ।

You might also like

Comments are closed.