काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक तथा प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डष्ट्रिज एण्ड ट्रेडिङ हाउसले नयाँ ब्राण्ड नेपाल भित्रयएको छ । दुईपांग्रे सवारी क्षेत्रमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउँदै इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ (morbidelli) सँग आधिकारिक साझेदारी गरेको घोषणा गरेको छ ।
करिब पाँच दशक लामो व्यावसायिक अनुभव बोकेको वैद्य अर्गनाइजेशनले नेपालमा अटोमोबाइल क्षेत्रमा विश्वासिलो ब्रान्ड निर्माण गर्दै आएको छ । चारपांग्रे सवारीतर्फ टोयोटाको बिक्री वितरण गर्दै आएको यस समूहले पछिल्लो समय दुईपांग्रे क्षेत्रमा पनि आक्रामक बजार विस्तार गरिरहेको छ ।
यसअघि समूहले प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरलाई नेपाली बजारमा भित्र्याएर उल्लेखनीय सफलता हासिल गरिसकेको छ । आधुनिक प्रविधि, उच्च प्रदर्शन र नवप्रवर्तनमा आधारित एथरको सफलताले वैद्य अर्गनाइजेशनलाई दुईपांग्रे बजारमा पुनः स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको थियो ।
अब सोही सफलतालाई निरन्तरता दिँदै समूहले इटालीको प्रतिष्ठित मोटरसाइकल ब्रान्ड मोर्बिडेलीलाई नेपालमा भित्र्याएको हो । मोर्बिडेली आफ्नो प्रिमियम डिजाइन, शक्तिशाली इन्जिन र रेसिङ हेरिटेजका लागि विश्वभर परिचित ब्रान्ड हो । जसले नेपाली युवा तथा बाइक उत्साहीहरूलाई लक्षित गर्दै उच्चस्तरीय राइडिङ अनुभव प्रदान गर्ने विश्वास गरिएको छ ।
मोर्बिडेली ब्रान्डमार्फत वैद्य अर्गनाइजेशनले प्रिमियम मोटरसाइकल सेग्मेन्टमा नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य लिएको छ । निकट भविष्यमा विभिन्न मोडेल सार्वजनिक गर्दै देशव्यापी सञ्जाल विस्तार गर्ने योजना समेत समूहले अघि सारेको छ ।
मोर्बिडेली विश्वव्यापी रूपमा किवे ग्रुप अन्तर्गत सञ्चालन हुने ब्रान्ड हो । जसले बेनेली, मोर्बिडेली र बेन्डा जस्ता अन्तर्राष्ट्रिय मोटरसाइकल ब्रान्डहरूलाई होल्ड गर्दै आएको छ ।






Comments are closed.