काठमाडौं । भरतपुर महानगरपालिकामा जग्गाको वर्गीकरण सकिएको छ । वगिकरण सकिएसगै जग्गाको कित्ताकाटको बाटो खुला भएको हो ।
महानगरले जग्गालाई १० क्षेत्रमा वर्गीकरण गरी सकेपछि जग्गाको किताकाटको बाटो खुलेको हो ।भू–उपयोग ऐन, २०७६ र भू–उपयोग नियमावली, २०७९ बमोजिम महानगरभित्रका समग्र जग्गाको वर्गीकरण गर्न भू–उपयोग कार्यान्वयन समिति गठन गरी जग्गाको वर्गीकरण गरिएको हो ।
जग्गाको वर्गीकरण गर्न भू–उपयोग कार्यान्वयन समितिले पेस गरेको मापदण्डका आधारमा छलफल गरी सार्वजनिक उपयोगको क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र, औद्योगिक क्षेत्र, व्यावसायिक क्षेत्र, आवासीय क्षेत्र, कृषि क्षेत्र र नेपाल सरकारले तोकेका अन्य क्षेत्र गरी जग्गाको वर्गीकरण गरीएको महानगर प्रमुख रेनु दाहालले बताइन् । जग्गाको वर्गीकरणसँगै तोकिएको मापदण्डअनुसार कित्ताकाट खुला हुने समेत उनले बताइन ।
जग्गा वर्गीकरणअन्तर्गत, छ मिटरभन्दा ठूला सडकमा सडक सिमानापछिको ७० मिटरसम्म दायाँबायाँको क्षेत्र र व्यावसायिक क्षेत्र तोकिएको क्षेत्रपछि सडक पूर्वाधार पुगेको क्षेत्रहरूमा थप ५० मिटर आवासीय क्षेत्र हुने उल्लेख छ ।
त्यस्तै, आवासीय क्षेत्रमा छ मिटर सडक पूर्वाधार पुगेको र छ मिटरभन्दा साना सडकमा सडक सिमानापछिको ५० मिटर दायाँबायाँको क्षेत्र पर्ने उल्लेख छ ।सरकारले जग्गाको कित्ताकाट सम्वन्धी नयाँ नियम लागु गरेसँगै लामो समयदेखि कित्ताकाट रोकिँदा कित्ताकाट गरेर जग्गाको कारोबार हुन सकेको थिएन ।
Comments are closed.