पोखरा । वरदान रिसोर्ट एन अपार्टमेन्ट पोखराले ट्राभलर रिभ्यु अवार्ड २०२१ प्राप्त गरेको छ । अनलाइन ट्राभलर्स एजेन्ट बुकिङ डटकमले वर्षेनी यो अवार्ड प्रदान गर्छ ।
वरदान रिसोर्टले कुल मूल्यांकन १० मा ९.६ रेटिङसहित यो अवार्ड प्राप्त गर्न सफल भएको हो । रिसोर्टले यस अगाडि २०२० पनि ९.६ कै रेटिङमा यो अवार्ड प्राप्त गरेको थियो । ९.६ रेटिङमा यो अवार्ड निकै थोरै रिसोर्टलै मात्रै प्राप्त गर्छन् ।
‘विषम परिस्थितिमा पनि हाम्रा पाहुनाहरुले रिसोर्टलाई यति धेरै सद्भाव र माया दर्साउनुभएकोमा हामी सधैं ऋणि नै रहनेछौं,’ सञ्चालक मदन शर्माले भने ।
वरदान पोखराको पहिलो सर्भिस अपार्टमेन्ट रिसोर्ट हो । पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाइडमा साढे २ रोपनी जग्गामा फरक शैलीमा रिसोर्ट निर्माण गरिएको छ । भक्तपुरबाट आयात गरिएको पूर्ण नेपाली काठैकाठबाट रिसोर्ट निर्माण भएको छ ।
र यो पनि







Comments are closed.