वीरगञ्ज । आगामी आर्थिक वर्ष २०७८/७९ को राजश्व नीति सम्वन्धी छलफल कार्यक्रम वीरगन्जमा बुधबार सम्पन्न भएको छ । नेपाल राजश्व परामर्श समितिको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ राजश्व समितिका उपसभापति एवं नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले उद्योगी व्यवसायीहरु कर तिर्नका लागि तयार रहेको तर कर प्रशासनका प्रक्रियाहरु सरल बनाउनुपर्ने माग गरे ।
विश्वका अन्य मुलुकहरुमा संस्थागत आय कर घटाउँदै गइरहेको सन्दर्भमा नेपालमा पनि संस्थागत आयकरको दर घटाउनुपर्ने दुलालले सुझाव दिए । मूल्य अभिवृद्धि करलाई घटाएर १० प्रतिशत कायम गर्नुपर्ने उनको सुझाव छ ।
‘सुरुमा मूल्य अभिबृद्धि करको दर १० प्रतिशत थियो । पछि द्वन्द्वकालमा बृद्धि गरेर १३ प्रतिशत पुर्याइएको हो । हाल द्वन्द्वको अवस्था सकिसकेकाले मूल्य अभिबृद्धि करलाई घटाई १० प्रतिशत गर्नुपर्छ । यसले वस्तुको मूल्यमा केही कमी आउने र अर्थतन्त्रमा माग बृद्धि हुन्छ,’ दुलालको सुझावमा उल्लेख छ ।
Comments are closed.