पोखरा । नयाँ वर्ष २०८३ को अवसरमा पोखराको पर्यटकीय गन्तव्यस्थल सराङकोटमा पहिलो पटक ‘भेगन फेस्ट’ भव्यताका साथ सम्पन्न भएको छ ।
नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज र अन्नपूर्ण केबलकारको सहकार्यमा आयोजना गरिएको सो फेस्टमा एनटीएचएमसीले भेगन खानाको स्टल राखेको थियो । फेस्टमा सराङकोट माउनटेन लज, हिमालयन हाइड वे, अन्नपूर्ण भ्यु सराङकोट, होटल मिस्टिक माउनटेन लगायतका प्रख्यात होटलहरुका खानाका स्टलहरु राखिएको थियो ।
फेस्टमा आन्तरिक तथा बाह्य पर्यटकहरूको निकै उत्साहजनक उपस्थिति रहेको थियो । विशेषगरी धार्मिक पर्यटकहरू र नयाँ वर्ष मनाउन आएका आगन्तुकहरूका लागि फेस्ट आकर्षणको केन्द्र बनेको एनटीएचएमसी कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले बताए ।
फेस्टमा भटमास (सोयाबिन) बाट बनेका तोफुका २७ विभिन्न परिकारहरू मध्ये ८ वटा मुख्य परिकारहरूको प्रदर्शनी र स्वादका लागि राखिएको थियो। कलेजले हालै सञ्चालन गरेको दुई हप्ताको तोफु उत्पादन तालिमका प्रशिक्षार्थीहरूले स्टल सञ्चालन गरेका थिए ।
कतिपय विद्यार्थीले आफ्नै तोफु उत्पादन केन्द्र र रेस्टुरेन्ट खोल्ने इच्छा समेत व्यक्त गरेका रेग्मीले बताए । यसले युवाहरूमा उद्यमशीलताको विकास भएको संकेत गरेको उनको भनाई थियो । मेलाले पर्यटकहरू माझ भेगन आहारप्रति सकारात्मक चेतना जगाउन सफल भएको छ । उन का अनुसार पशु संरक्षण र वातावरण मैत्री जीवनशैलीका लागि यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।
नयाँ स्वादको अनुभवः पर्यटकहरूले तोफुबाट बनेका विभिन्न परिकारहरू चाख्ने, किन्ने र प्याकिङ गरेर लैजाने गरेका छन्।
सारङकोट माउन्टेन लज, सेन्टारा हिमालयन हाइड वे रिसोर्ट र अन्नपूर्ण भ्यू सारङकोट जस्ता प्रतिष्ठित होटलहरूको समेत यसमा ऐक्यबद्धता रहेको छ।
सीप विकासः एसईई दिएर बसेका विद्यार्थीहरूका लागि आगामी हप्तादेखि तोफु उत्पादन सम्बन्धी निःशुल्क तालिम सञ्चालन गरिने जानकारी रेग्मीले दिए
अन्नपूर्ण भ्यू रिसोर्टका अपरेशन म्यानेजर मनमोहन रिमालका अनुसार, उन को होटलबाट जापानी परिकारहरू सुसी र ओम्नी राइसको स्टल राखिएको थियो।
जनावर संरक्षण र मानवीय संवेदनालाई ध्यानमा राख्दै प्लान्ट बेस्ड (वनस्पतिजन्य) खानालाई प्रवद्र्धन गरिएको रिमालले बताए। महोत्सवमा सोया मिल्क ९भटमासको दूध० बाट बनेको चिया र तोफु चिल्ली जस्ता परिकारहरू आगन्तुकहरूले निकै रुचाएका थिए।






Comments are closed.