काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारको लागि मूल्य भाउ सार्वजनिक गरेको छ । समितिको अनुसार आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी २१० रुपैयाँ, हरियो अंगुर १३० रुपैयाँ, अदुवा ८६ रुपैयाँ ६७ पैसा, अनार २७५ रुपैयाँ, तराई गाजर २३ रुपैयाँ ३३ पैसा, लोकल गाजर २८ रुपैयाँ ३३ पैसा, गान्टे मूला ६५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, गोलभेडा ५५ रुपैयाँ, टनेल गोलभेडा १६ रुपैयाँ ५० पैसा,अमला ७५ रुपैयाँ, अम्बा ११० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, रातो आलु २६ रुपैयाँ मूल्य रहेको छ ।
त्यस्तै, घिरौला १९० रुपैयाँ, चमसूरको साग ५६ रुपैयाँ ६७ पैसा, घिरौला १९० रुपैयाँ, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १४५ रुपैयाँ, डल्ले च्याउ २७५ रुपैयाँ, छ्यापी सुकेको ३२५ रुपैयाँ, भारतीय रातो आलु २२ रुपैयाँ ५० पैसा सेतो आलु १७ रुपैयाँ ६७ पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, उखु प्रतिवटा ८५ रुपैयाँ, तराई काउली १८ रुपैयाँ ३३ पैसा, स्थानीय काउली २५ रुपैयाँ, लोकल काक्रो १२५ रुपैयाँ, हाइब्रीड काक्रो ४६ रुपैयाँ ६७ पैसा, कागती १९० रुपैयाँ, किनु १३० रुपैयाँ, किवि ३७५ रुपैयाँ, कुरीलो ८०० रुपैयाँ र अकबरे खुर्सानी ३२५ रुपैयाँ मूल्य समितिले तोकेको छ ।
त्यसैगरी पुदीनाको औसत मूल्य ३७५ रुपैयाँ, सुकेको प्याज ३२ रुपैयाँ ५० पैसा, हरियो प्याज ४६ रुपैयाँ ६७ पैसा, पाकेको फर्सी ३५ रुपैयाँ, बकूला ७६ रुपैयाँ ६७ पैसा, बन्दा १७ रुपैयाँ ५० पैसा, बरेला र ब्रोकाउली ३५ रुपैयाँ, भिण्डी १३० रुपैयाँ, भेडे खुर्सानी १३० रुपैयाँ, मटरकोशा ६५ रुपैयाँ, मेथीको साग ५६ रुपैयाँ ६७ पैसा, नेपाली मेवा ५६ रुपैयाँ ६७ पैसा, रायोको साग ४६ रुपैयाँ ६७ पैसा,जुनार २३५ रुपैयाँ, टाटे सिमी ८५ रुपैयाँ, तरबुजा ४० रुपैयाँ, तरुल ६५ रुपैयाँ, छडी माछा २५० रुपैयाँ, रहु माछा ३४६ रुपैयाँ ६७ पैसा, तितो करेला १३५ रुपैयाँ, तोफु १२६ रुपैयाँ ६७ पैसा, तोरीको साग २७ रुपैयाँ ५० पैसा, निबुवा ७५ रुपैयाँ, न्यूरो ११० रुपैयाँ, परवर २१५ रुपैयाँ, पार्सले ३७५ रुपैयाँ, पालूगो साग ५६ रुपैयाँ ६७ पैसा र पिंडालू ४५ रुपैयाँ मूल्य समितिले कायम गरेको छ ।
यस्तै, लौका ५५ रुपैयाँ, स्कूस ४५ रुपैयाँ, स्ट्रबेरी भुईऐसेलु ३५० रुपैयाँ, ज्यापु काउली ३० रुपैयाँ, झोले स्याउ २०० रुपैयाँ, फूजी स्याउ २७५ रुपैयाँ र हरियो धनिया ३५ रुपैयाँ सुकेको चाइनिज लसुन १८५ रुपैयाँ, नेपाली लसुन ८५ रुपैयाँ, सखरखण्ड ७६ रुपैयाँ ६७ पैसा, सजिवन १९० रुपैयाँ, भारतीय सुन्तला १४० रुपैयाँ, सेलरी २०० रुपैयाँ, सौफको साग ५६ रुपैयाँ ६७ पैसा मूल्य रहेको छ ।
Comments are closed.