यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य, कुनको भाउ कति ?

काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारको फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ ।समितिका अनुसार आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी २६५ रुपैयाँ, हरियो अंगुर १६५ रुपैयाँ, अदुवा ९५ रुपैयाँ, अनार ३२५ रुपैयाँ, अम्बा ९५ रुपैयाँ, अमला ८६ रुपैयाँ, आभोकाडो ३२५ रुपैयाँ रहेको छ ।

त्यस्तै, रातो आलु २७ रुपैया, सेतो आलु १९ रुपैयाँ, भारतीय रातो आलुु २५ रुपैया २७ पैसा, इमली १५० रुपैयाँ , उखु प्रतिवटा७५ रुपैया, स्थानीय काउली २२ रुपैयाँ ३३ पैसाँ र तराई काउलि १७ रुपैयाँ ६७ पैसा , कागती १२५ रुपैयाँ, काँक्रो लोकल ६५ रुपैयाँ र हाइब्रीड ३५ रुपैयाँ, किनुु १३० रुपैयाँ, किवि ३२५ रुपैयाँ, कुरिलो ९९९ रुपैयाँ ९९ पैसाँ, केरा दर्जनको १४०, अकबरे खुर्सानी २७५ रुपैयाँ पुगेको छ । हरियो खुसार्नी बुलेट ७५, माछे ८५ रुपैयाँ र सुकेको खुर्सानी ४२५ रुपैयाँ, गाजर लोकल २२ रुपैयाँ ३३ पैसा, तराई १७ रुपैयाँ ६७ पैसा, गान्टे मुला ७५ रुपैयाँ, गुन्दुुक २७५ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी,नेपलाी ठूलो गोलभेडा ४५ रुपैयाँ , गोलभेडा सानो नेपाली १७ रुपैयाँ ७० पैसा, गोलभेडा ठूलो भारतीय ४५ रुपैयाँ, भारतीय सानाे ३५ रुपैयाँ, गाठ कोवि ७५ रुपैयाँ, राजमा घिउ सिमी ९५रुपैयाँ, चमसूरको साग ५५ रुपैयाँ छ भने कन्य च्याउ ११३ रुपैयाँ, ३३ पैसा, डल्ले च्याउ ३७५ रुपैयाँ, जुनार २६५ रुपैयाँ, तितो करेला १०५ रुपैयाँ, तोरीको साग ४५रुपैया, सुन्तला नेपाली १७०, स्याउ झोले २६५ रुपैयाँ,स्याउ फूजी २७५ रुपैया स्ट्रबेरी भुईऐसेलु ३५० रुपैयाँ, मौसम १६५ रुपैयाँ भारतीय सुकेको प्याज ३८रुपैयाँ, हरियो प्याज ८५ रुपैयाँ रहेको छ ।

पछिल्लो समयमा खुद्रा बजारमा तरकारीको भाउ आकासिदै गएको छ तर पनि तरकारीको उचित मूल्य नपाएको भन्दै कृषकले तरकारी सडकमा फालिरहेको अवस्था छ । तरकारीको फाइदा कृषले भन्दा पनि विचौलियाले लिएको देखिन्छ बर्तमान अवस्थालाई मध्यनजर गर्दा खेरी । नत जनताले सस्तोमा तरकारी खान पाएका छन् नत कृषकले मूल्यनै आखिर कहिले सम्म मौलाउने विचौलियाको मनोमानि यो एक गम्भिर प्रश्न बन्न पुगेको छ । जनता र कृषक नठगिनको लागि सरकारले उचित चाल्नुपर्ने देखिन्छ ।

You might also like

Comments are closed.