के तपाई तरकारी किन्न जादैँ हुनुहुन्छ? यस्तो छ आजको मूल्य !

काठमाडौं । बिहीबारको लागि  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २०० रुपैयाँ , हरियो अंगुर प्रतिकेजी १२० रुपैयाँ, अदुवा ८०, नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १०० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ रहेको छ ।

यस्तै, रातो आलु २६ रुपैयाँ, सेतो आलु र स्थानीय काउली १८ रुपैयाँ, कागती १५० रुपैयाँ, किबि ४०० रुपैयाँ, अकबरे खुर्सानी २८० रुपैयाँ,लोकल गाँजरको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २८० रुपैयाँ, टनेल गोलभेडा १५ रुपैयाँ कायम रहेको छ ।

त्यस्तै, कन्य च्याउ १४० रुपैयाँ, तितो करेला १४० रुपैयाँ, तोरीको साग २५ रुपैया, परवर तराई १८० रुपैयाँ, भारतीय सुकेको प्याज ३५ रुपैयाँ, हरियो प्याज ७० र हरियो धनिया ३० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, घिरौला ९० रुपैयाँ, चमसूरको साग ८० रुपैयाँ ६७ पैसा तोकेको छ ।

You might also like

Comments are closed.