भेस्पा र अप्रिलिया एक्स्चेञ्ज गर्दा पुरानो बाइक स्कुटरमा १५ हजारसम्मको अतिरिक्त मूल्यांकन

काठमाडौं । नेपालमा भेस्पा र अप्रिलिया दुईपांग्रे सवारी साधनको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा.लि.ले एक्स्चेञ्ज अफर सार्वजनिक गरेको छ । वैशाख १७ गते सुरु हुने एक्स्चेञ्ज अफरलाई कम्पनीले ‘अपग्रेड टू प्रीमियम’ भनेको छ ।

आफ्नो कुनैपनि ब्रान्डको पुरानो दुईपांग्रे बाइक तथा स्कुटर ल्याएर भेस्पा र अप्रिलियाको स्कुटरसँग एक्स्चेञ्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

अफरअन्तर्गत, ग्राहकले जुनसुकै ब्रान्ड वा अवस्थाको पुरानो दुईपांग्रे सवारी एक्स्चेन्ज गर्दा अतिरिक्त १५ हजार रुपैयाँसम्मको थप मूल्यांकन गरिने कम्पनीले जनाएको छ ।

नगद खरिदमा ग्राहकले १० हजार रुपैयाँको निश्चित नगद छुट र हेलमेट, स्कुटर कभर र फुट म्याट लगायत एसोसरिज निःशुल्क प्राप्त गर्नेछन् ।

अफर अन्तर्गत मासिक किस्ता ४.९९% ब्याजदरबाट सुरु हुने गरी आकर्षक वित्तीय योजना पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । प्रिमियम स्कुटरमा अपग्रेड गर्नका लागि सस्तो ब्याजदरको सुविधाबाट ग्राहकहरु लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ ।

यो अफर यही वैशाख १७ देखि २३ गतेसम्म नेपालभर लागू हुनेछ । अफर अवधि भर ग्राहकले अन्य विभिन्न सुविधाहरु पनि पाउनेछन् । इजी फानान्सिङ, आकर्षक क्यास् डिस्काउन्ट, उत्साहजनक एक्स्चेन्ज् बोनस तथा तुरुन्त सबैभन्दा उत्कृष्ट मूल्याकंन साथै, ग्राहकहरुले हरेक टेस्ट ड्राइभमा विभिन्न उपहारसमेत प्राप्त गर्ने जनाइएको छ ।

You might also like

Comments are closed.