भेस्पार अप्रिलिया स्कूटरको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रा.लि.ले मनसुनलाई लक्षित गरी “ मनसुनमा फाइभ एक्स (पाँच गुणा) मज्जा !!” विशेष अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरूले भेस्पा वा अप्रिलिया स्कूटर खरिद गर्दा नगद छुट, आकर्षक उपहार, तथा सहभागी मात्र भएर समेत क्यास ब्याक जित्ने अवसर प्राप्त सक्नेछन् ।
यस अफरमा ग्राहकहरूले आधिकारिक वेबसाइटमा रजिस्ट्रेशन गर्दा रु. १०,००० सम्मको क्यास ब्याक पाउन सक्छन् । साथै, स्कूटर खरिदमा रु. ७५,००० सम्मको नगद छुट, तथा आर्थिक वर्ष २०८१/२०८२ र २०८२/२०८३ को सवारी कर छुट, हालसम्मकै न्यूनतम ब्याजदर ४.९९% मा फाइनान्स सुबिधा तथा सहज एक्सचेन्ज सुविधा पनि उपलब्ध छ । यसका साथै उपहार स्वरूप प्रत्येक खरिदमा ब्राण्डेड हेल्मेट, रेनकोट र स्कूटर कभर पनि प्राप्त गर्नेछन् ।
भेस्पा र अप्रिलिया नेपालद्वारा प्रस्तुत यो अफर सम्पूर्ण नेपालभरका अधिकृत शोरूमहरूमा लागू हुनेछ । ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिँदै गुणस्तरीय सवारी साधन र आकर्षक योजनाहरू निरन्तर ल्याइरहेको छ । यो अफर सीमित अवधिको लागि मात्र लागू हुने भएकाले भेस्पा र अप्रिलिया किन्ने सोचमा रहेका ग्राहकहरूले नजिकको शोरूममा गई जानकारी लिन वा वेबसाइटमा रजिस्टर गर्न सक्ने कम्पनीले जनाएको छ ।
Comments are closed.