भेषभुषा इ–कमर्स साइटको व्यावसायिक सुरुवात

काठमाडौं । भेषभूषा इ–कमर्स साइटको व्यावसायिक सुरुवात भएको छ । स्वदेशी तथा विदेशी ब्रान्डका गुणस्तरीय सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धित सामानहरु उपलब्ध गराउने गरी खभकखगकब।अयm इ–कमर्स साइटको सुरुवात गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘हामी हाम्रा नवीनतम् शैली र सेवामार्फत ग्राहकको सोच, आवश्यकता र चाहनाअनुरुप खरिद, बिक्री र परामर्शको एकीकृत सञ्जालमार्फत गुणस्तरीय सामानहरुलाई उत्कृष्ट बिक्री माध्यम तथा विश्व स्तरीय अत्याधुनिक सेवा प्रणाली स्थापना गरी उपभोक्ताहरूसँग जोडिन चाहन्छौं,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विश्वस्तरीय र अत्याधुनिक प्रविधिसहित इ–कमर्श साइटको सुरुवात गरिएको अध्यक्ष दीपक पाण्डेले बताए । ‘ब्राण्डहरुसँगको हाम्रो सहकार्य र आबद्धताको शृङखला पूर्ण व्यावसायिक र दरिलो छ । अनि हाम्रो व्यवस्थापकीय तथा प्राविधिक जनशक्तिहरुको समूह कर्तव्यनिष्ठ, समर्पित र दक्ष छ,’ उनले भने, ‘यसैको आधारमा भेषभुषालाई सौन्दर्य, पहिरन र जीवनशैलीसँग सम्बन्धित विश्वस्तरीय ब्राण्डहरुलाई उत्कृष्ट इ–वितरण प्रणालीसहितको बहुआयामिक इ–कमर्स प्लेटफर्म बनाउने हाम्रो प्रयत्न रहने छ ।’

हाल कम्पनीले बिक्री तथा डेलिभरी सेवा काठमाडौं उपत्यकामा मात्र केन्द्रित गरेको छ । ‘आगामी दिनमा देशभर सौन्दर्य तालिम तथा प्रतियोगिता, पहिरनसँग जोडिएर आउने सिप र व्यक्तित्व निखारताको परामर्श सेवासँगसँगै अन्य थुप्रै रचनात्मक प्रयासहरु सहित देशैभरि आफ्नो सेवा क्षेत्र बिस्तार गर्दै सौन्दर्य, फेशन र जीवन शैलीका नयाँ–नयाँ ज्ञान र विकसित नविनतम् शैलीहरु बारे सचेत तुल्याउँदै आम उपभोक्ताहरुको जीवन थप सभ्य र भब्य बनाउन सहयोग पु¥याउँदै अगाडि बढ्ने योजनामा छौं,’ उनले भने ।

नेपालीले आफ्नो उद्देश्य र पेसाअनुरुपको पहिरन, जीवन शैलीका सामानहरु छनोट गरेर आफनो व्यक्तित्व र जीवन शैलीमा निखारता ल्याउन भेषभुषा इ–कमर्शले योगदान पुर्याउने लगानीकर्ताहरुको विश्वास छ । ‘सौन्दर्य भनेको जीवनको केवल एक पक्षीय फिक्का पाटोमात्रै हुने होइन सौन्दर्यसँग हरेक व्यक्तिको सभ्यता, संस्कार र संस्कृति पनि प्रतिबिम्बित भएको हुन्छ,’ पाण्डेले भने, ‘त्यसैले हामी भेषभुषामार्फत सौन्दर्य र सुन्दरतालाई पुनः परिभाषित गर्न चाहन्छौँ ।’

भेषभुषामा हालसम्म Erke, peak, ANX, Logo, cmfy Clothing, OUXI, Lakhey Nepal, Hulas Wel Ness, Gcg International, Ktm Queens, Juzo लगायतका करिब ३ दर्जन अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्रान्डका सामानहरु उपलब्ध छन् । निकट भविष्यमै अन्य सयौं ब्राण्डहरु भेषभुषामार्फत नेपालमा उचित मूल्य र थप सहज किसिमले उपलब्ध गराउने तयारी तीब्र गतिमा भरहेको बताइएको छ ।

You might also like

Comments are closed.