भायानेट बडा दशैंमा बडा स्पीड, बडा टिभी अफर

काठमाडौं । इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायक कम्पनी भायानेटले दसैं तिहार अफर ल्याएको छ । उही मूल्यमा बढी स्पीड भएको इन्टरनेट र भायाटिभी प्याकेजहरुका साथ ३२ र ५५ इन्चको एमआई एन्ड्रोइड टिभीमा भारी छुट दिनको लागि भायानेटले ‘बडा दशैंमा, बडा स्पीड, बडा टिभी अफर’ ल्याएको जनाएको छ ।

अफर अन्तर्गत भायानेटको नयाँ तथा पुराना ग्राहकहरुले भायानेटको सुपर स्पीड इन्टरनेट र १७५ प्लस च्यानल भएको भायाटिभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पीड पाउन सक्ने जनाइएको छ ।

भायानेटले साओमीसँगको सहकार्यमा भायानेटको इन्टरनेट र भायाटिभी प्याकेजसँगै एमआई एण्ड्रोइड टिभी बण्डल छ । यस बण्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एण्ड्रोइड टिभीमा २२% सम्म छुट पाउन सक्नेछन् ।

jutta mela

चाडपर्वको अवसरमा घरको लागि प्रायः नयाँ सामान किन्ने चलन र इन्टरनेटको अझ बढी उपयोग गर्ने कुरालाई ध्यानमा राखेर भायानेटले यो अफर ल्याएको बताइएको छ ।

 

You might also like

Comments are closed.