‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ भृकुटीमण्डपमा जारी छ । इन्फोटेकमा प्रविधिप्रेमीहरूको उल्लेखनीय आकर्षण देखिएको छ । सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा इन्टरनेट सेवा, सफ्टवेयर, कम्प्युटर, एक्सेसरिज, स्टार्टअप, नेटवर्किङ प्रविधि लगायतका स्टलहरूमा अवलोकनकर्ताहरुको आकर्षण देख्न सकिन्छ ।
उत्पादनहरुको प्रदर्शनी गर्दै बजारीकरणमा योगदान पुगेको छ । इन्फोटेकमा सहभागी स्टलहरुले अवलोकनकर्ताहरुलाई विशेष छुटमा सामानहरु उपलब्ध गराइरहेका छन् । प्रदर्शनीमा एआई, रोबोटिक्स, डिजिटल ठेगाना प्रणाली, सेल्फ ड्राइभिङ कार र साइबर सुरक्षाका विभिन्न प्रविधिहरू अवलोकनकर्ताका लागि आकर्षण बनेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले सूचना प्रविधिमैत्री बस र एआई कोडिङ क्याम्प सञ्चालन गरिरहेको छ ।
स्टार्टअप र नवीन प्रविधिलाई प्राथमिकतामा राखिएको क्यान इन्फोटेकमा १५५ स्टल छन् । सबै स्टलहरुले आआफ्ना बस्तु तथा प्रविधिलाई अवलोकनकर्तामाझ चिनाउने काम गरिरहेका छन् ।
Comments are closed.