नाडामा सिंघानियाको १२ वर्षे अनुभव

काठमाडौं । नेपालमा टायरको उद्योग तथा व्यवसायमा अग्रणी नाम हो विक्रम सिंघानिया । नेपालमा पहिलो पटक उनैले मोटरसाइकल टायर उद्योगको सुरुवात गरेका हुन् । सिंघानिया गणपती टायर इन्टरनेशनलका सञ्चालक तथा डेल्टा डिस्टिव्युटर्स प्रा.लि.का डाइरेक्टर हुन् । अटोमोबाइल व्यवसायमा १८ वर्षको अनुभव संगालेका उनी अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडाको कार्यसमितिमा रहेर काम गरेको १२ वर्षदेखि निरन्तर काम गरिरहेका छन् ।

नाडामा उनले ४ कार्यकाल कार्यसमितिमा र २ कार्यकाल सह–कोषाध्यक्ष भएर काम गरेका छन् । नाडामा नयाँ कार्यसमितिका लागि यही मंसिर २२ र २३ गते ४५औं साधारणसभा अन्तर्गत निर्वाचन हुँदैछ । आगामी निर्वाचनमा समेत उनले आफूलाई कार्यसमिति सदस्यमा उम्मेदावरी दिएका छन् ।

पदाधिकारी बन्नका लागि कार्यसमिति सदस्य जित्नैपर्ने बाध्यता उनलाई छ । नाडामा लामो समय काम गरेको अनुभवलाई समेत मध्यनजर गरी देशभरका अटो व्यवसायीहरुको साथ र सहयोग पाउनेमा आफू विश्वस्त रहेको उनले आर्थिक आवाजलाई बताए ।

उनी सिएनआईको कार्यसमिति सदस्यसमेत हुन् । उनले अध्यक्षका उम्मेदवार करण चौधरीको प्यानलबाट उम्मेदवारी दिएका हुन् ।

You might also like

Comments are closed.