भिसा लिडरशिप कन्क्लेभ २०२५: ग्राहक उत्कृष्टतामा सम्मान, भिसा ‘एक्सेप्ट’ सुरु

काठमाडौं । विश्वको अग्रणी डिजिटल भुक्तानी कम्पनी भिसाले नेपालको डिजिटल भुक्तानी इकोसिस्टमलाई सशक्त बनाउन आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दै ‘भिसा लिडरशिप कन्क्लेभ नेपाल २०२५’ आयोजना गरेको छ। काठमाडौं मारियट होटलमा आयोजित कार्यक्रममा बैंक तथा फिनटेक साझेदार, व्यापारी र भुक्तानी प्रोसेसर संस्थाका वरिष्ठ अधिकारीहरू सहित २०० भन्दा बढी सहभागी भएका थिए ।

कार्यक्रममा भिसाको नवीनतम समाधान ‘भिसा एक्सेप्ट’ को पूर्वावलोकन गरियो, जसले कुनै पनि मोबाइल फोनलाई डिजिटल भुक्तानी स्वीकार गर्न सक्ने उपकरणमा परिणत गर्दै घरेलु र साना व्यवसायहरूलाई वित्तीय समावेशीकरणतर्फ सशक्त बनाउने लक्ष्य राख्छ।

सम्मेलनमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिनासहित भिसाका क्षेत्रीय नेतृत्व टोली उपस्थित थिए। सब्बीर अहमद, रामकृष्णन गोपालन र मनोज थापाले भिसा एक्सेप्टमार्फत डिजिटल भुक्तानी प्रक्रियालाई सरल, सुरक्षित र पहुँचयोग्य बनाउने उद्देश्यको चर्चा गरे ।

कार्यक्रममा जुलाई २०२४ देखि जुन २०२५ सम्मका उपलब्धिहरूका लागि २० वटा श्रेणीमा १३ विजेताहरूलाई पुरस्कार प्रदान गरिएको थियो, जसमा उपभोक्ता कार्ड, फिनटेक साझेदारी, उत्पादन नवप्रवर्तन र व्यापारी उत्कृष्टता समावेश थिए ।  भिसा एक्सेप्टले व्यवसायीलाई मिनेटभित्र मोबाइलबाट भुक्तानी स्वीकार गर्न सक्षम बनाउने, प्रवेश अवरोध कम गर्ने र महिला उद्यमी तथा साना व्यवसायीका लागि नयाँ आर्थिक अवसरहरू सिर्जना गर्ने उपाय प्रदान गर्दछ। भिसा डिजिटल भुक्तानीमा विश्वव्यापी अग्रणी कम्पनीको रूपमा २०० भन्दा बढी देशमा सुरक्षित, विश्वसनीय र नवीनतम भुक्तानी समाधानमार्फत अर्थतन्त्र र व्यवसायहरूलाई सशक्त बनाइरहेको छ ।

You might also like

Comments are closed.