विष्णु अग्रवाल विरुद्ध लेखिएका समाचार हटाउन अदालतको अन्तरिम आदेश

काठमाडौं । विष्णु अग्रवाल विरुद्ध प्रकाशन भएको समाचार हटाउन अदालतले अन्तरिम आदेश दिएको छ । एमएडब्लु ग्रुपका प्रवन्ध निर्देशक विष्णु अग्रवालले आफ्नो चरित्र हत्या हुने गरी समाचार प्रकाशन गरिएको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए ।

लाइफ अटो मोबाइल प्रालिको तर्फबाट सञ्चालक विष्णु अग्रवालले दिएको निवेदनको आधारमा जिल्ला अदालत काठमाडौंले फैसला गर्दै विपक्षी सयपत्री भिडिया प्रालिलाई समाचार हटाउन आदेश दिएको हो । योहो टेलिभिजन एचडी युट्युवसहित फेसबुक पेजमा ‘विष्णु अग्रवालको एमएडब्लु फ्रड गाडी बेचेर आफैले कब्जामा लिई सवारी धनीको रुवावासी’, ‘इभीमा समस्यै समस्या’, ‘गाडी अयातमा भन्सार छलेर राज्य माथि लुट मचाउने ?’, ‘जसरी हुन्छ ठगी गर्ने’ लगायतको शीर्षकमा समाचारहरु प्रकाशन भएका थिए । ती समाचारले विष्णु अग्रवाललाई क्षति पुर्याइरहेको पुष्टि भएको भन्दै ती समाचार हटाउन अदालतले आदेश दिइएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामचन्द्र खड्काको एकल इजलासले जेठ ५ गते गरेको फैसलामा मुद्दाको अन्तिम टुंगो नलागेसम्म एमएडब्ल्यू कम्पनी र निवेदक अग्रवाल विरुद्धका सामग्री प्रकाशन, प्रसारण वा पुनः सम्प्रेषण नगर्न नगराउन निर्देशन दिएको छ । साथै सो विषयमा प्रकाशित समाचार हटाउन आदेश दिइएको छ ।

फैसलामा भनिएको छ, ‘विभिन्न विद्युतीय आमसंचार माध्यमा प्रकाशित गरी निरन्तर सम्प्रेषण गरी निवेदक कम्पनीका संचालक विष्णु अग्रवाललाई क्षति पुर्याई रहेको भन्ने तथ्य प्रथम दृष्टिमा नै देखिरहेको हुँदा प्रस्तुत निवेदन अन्तिम टुंगो नलागेसम्म उल्लेखित शीर्षकका संचार सामग्री अब विपक्षी सयपत्री मिडिया प्रा.लि.समेतका संचार माध्यम तथा अनलाइन समेतमा प्रकाशन प्रशारण नगर्नु नगराउनु र प्रकाशन प्रसारण गरी सकेका उक्त सामग्री थप सम्प्रेषण हुन नदिनु, आफ्ना सबै अनलाइन माध्यमबाट तुरुन्तै हटाउन लगाउनु भनी विपक्षीहरुका नाममा जिल्ला अदालत नियमावली, २०७५ को नियम ३४ यो बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’

यस्तो छ फैसलाः

You might also like

Comments are closed.