भिजन इनर्जी र ह्वाइटहाउस पावरले आइपीओ ल्याउन बोर्डसँग मागे अनुमति

काठमाडौं । भिजन इनर्जी एन्ड पावर र ह्वाइटहाउस पावरले आइपीओ ल्याउन लागेका छन् । नेपाल धितोपत्र बोर्डमा आइपीओ जारी गर्न अनुमति माग्दै निवेदन दिएका छन् ।

भिजन इनर्जीले ८३ करोड रुपैयाँ र ह्वाइट हाउस पावरले १२ करोड १९ लाख रुपैयाँबराबरको आइपीओ जारी गर्न लागेका हुन् ।

धितोपत्र बोर्डले अनुमति दिएमा भिजन इनर्जीले १०० रुपैयाँ अंकितदरका कुल ८३ लाख कित्ता र ह्वाइट हाउस पावरले १२ लाख १९ हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नेछन् ।

धितोपत्र बिक्री प्रबन्धकका रुपमा भिजन इनर्जीको एनआईएमबी एस क्यापिटल र ह्वाइट हाउस पावरको नेपाल एसबीआई मर्चेन्ट रहेका छन् ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.