भिजन लुम्बिनीको शेयर बिहीवारदेखि नेप्सेमा कारोवार हुने

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको शेयर भोली बिहीवार देखि नेपाल स्टक एक्सचेञ्जमा कारोवार हुने भएको छ । कम्पनीको शेयर कारोवार गर्नका लागि कम्पनी र नेप्सेबिच सम्झौता भईसकेकोले भोलीदेखि दोस्रो बजारमा कारोवार सुरु हुने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी दिएको छ । नेप्सेमा सुचिकृत भएपछी ओपनिङ्ग रेञ्ज कति होला भन्ने सबैको चासो रहेको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि कुनै पनि कम्पनीको ओपनिङ रेञ्ज नेटवर्थको तिन गुणा सम्म तोक्ने भएको हुदाँ भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको पछिल्लो आर्थिक वर्षको वास्तविक वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ७८ पैसा र प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५५ पैसा छ । सोही नेटवर्थको आधारमा ३ गुणा ३६५।३४ रुपैयाँ हुने छ । कम्पनीको ओपनिङ रेञ्ज न्युनतम १०० रूपैयाँदेखि अधिकतम ३६५.३४ रुपैयाँसम्म निर्धारण गर्ने सम्भावना रहेको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाटको सेतिनदि जलबिद्युत आयोजनाको प्रवद्र्धन गर्दै आएको भिजन लुम्बिनीले २०७६ सालदेखि काम सुरु गरि यसै बर्षको पौष अन्तिम तिर बिजुली बाल्ने तयारीमा रहेको छ । कोभिड १९ को समस्या हुदाँहुदै पनि जलबिद्युत आयोजनाका काम छिटो सम्पन्न गरी बिजुली बाल्ने तयारीमा रहेको कम्पनी भएको र कम्पनीले सर्वसाधारणका लागि आईपिओ बिक्री खुल्ला गर्दा सात गुणा भन्दा बढि माग भएकोले यस कम्पनीको शेयरको मुल्य बढ्ने सम्भावना देखिन्छ ।

कम्पनिको समग्र अवस्था राम्रो हुनु र शेयर बजारमा सकारात्मक संकेत देखिईरहेको परिस्थिति भएकोले भिजन लुम्बिनिको शेयर मुल्य १००० सम्म पुग्न सक्ने शेयर बजार बिष्लेषकहरु बताउँछन । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि VLUCL सिम्बोल प्राप्त गरेको छ । केहि दिन अघि मात्रै कम्पनीले आईपिओ जारी गरेको थियो । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्मा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

lcci
You might also like

Comments are closed.