पोखरा । पोखराका युवा पर्यटन व्यवसायी भिष्मराज पौडेलले विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सहयोग गरी ४६औं जन्मदिन मनाएका छन् । पौडेलले जन्मदिनको अवसरमा परिवारका सदस्यहरु, आफन्त तथा साथीभाइहरुसँग नगद संकलन गरि कोरोना संक्रमित तथा सोको व्यवस्थापन गर्ने व्यक्तित्वहरुलाई सहयोग गरेका छन् ।
पौडेलले २० जना एम्बुलेन्स चालकलाई पिपिई सेट, मास्क, सेनिटाइजर, स्प्रेयर, पन्जा, साबुन, फेश शिल्ड र केही नगद सहयोग समेत गरेका छन् । पश्चिमाञ्चल क्षत्रीय अस्पताल पोखराका प्रमुख डा. डेभिड श्रेष्ठमार्फत कोभिड वार्डमा रहेका विरामीहरुको लागि अति आवश्यक सामग्री (हाल सर्टेजमा रहेको) पहिचान गरि केही थान BiPAP mask र Bain circuits हस्तान्तर गरेका छन् ।
त्यसैगरी मादी गाउँपालिका वडा नंः ९, १० र १२ का स्थानीयबासीलाई अन्य सहयोगी व्यक्तिहरुको सहकार्यमा मास्क, सेनिटाइजर, साबुन, अक्सिमिटर लगायत सामग्री सहयोग गरेका छन् । कोभिड संक्रमित गरिब परिवारको लागि खाद्यन्न सामग्रीहरु, नगद र ग्यास प्रदान गरि कोभिड र पोष्ट कोभिडसंग लड्न सहयोग गरेका छन् ।
पौडेलले नमस्ते सामुदायिक प्रतिष्ठान मार्फत सहयोग तथा राहत वितरण अभियान सञ्चालन गरिरहेका छन् । यो संस्था सन् २००३ मा पौडेल संस्थापक तथा अध्यक्ष रहेर स्थापना भएको हो । सन् २००७ मा पौडेलको विवाहको सन्दर्भमा देश तथा विदेशमा रहेका साथीभाइ, शुभचिन्तक तथा दातृ निकायहरुको पहलमा करिब २५ हजार अमेरिकन डलर संकलन गरी संस्थालाई सहयोग प्रदान गरिएको थियो । उक्त रकमलाई संस्थाले विउ पुजीको रुपमा प्रयोग गरी माछापुच्छ्रे गाउँपालिका वडा नं ३ मा करिब ५० रोपनी जग्गा खरिद गरिसकेको छ । सो जग्गामा महिला सशक्तीकरण भवनको निर्माण गरि विगत ८ वर्षमा २०० भन्दा बढि एकल महिलाहरुको लागि कृषि तथा सिलाई सम्बन्धी निःशुल्क तालिम, १०० जना भन्दा बढीलाई पुनर्ताजगी तालिम र तालिम उत्तीर्ण गरेका महिलाहरुका लागी ब्यवसाय विऊँ पूजि सहयोग गरिसकेकोछ ।

प्रतिष्ठानले असहाय बालबालिका तथा एकल महिलाहरुको क्षेत्रलाई मुख्य प्राथमिकता दिई विगत १८ वर्षदेखि बालगृह, छात्रवृत्ती, महिला सशक्तीकरण लगायतका विविध कार्य गर्दै आइरहेको छ ।
र यो पनि,
भिष्मको नेतृत्वमा महामारीमा मन फुकाएर सहयोग




Comments are closed.