काठमाडौं । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो वाई–२९ लाई काठमाडौंको स्काइवाक टावरमा भव्य समारोहबीच सार्वजनिक गरेको छ ।
भिभो वाई–२९ ६ हजार ५ सय एमएएच क्षमताको ब्याट्री लाई मुख्य विशेषता स्वरूप उजागर गर्छ। भिभोको ब्लु वल्ट टेक्नोलोजीले सुसज्जित यो फोनले लामो समयसम्म सहज प्रयोग सुनिश्चित गर्छ । ४४ वाट फ्ल्यास चार्जको साथमा ४ हजार ८ सय एमएएच सम्मको रिभर्स चार्जिङ, साथै ईमरजेन्सी पावर सेभिङ मोडको सहायताले १ ५ ब्याट्रीमा पनि आवश्यक सम्पर्क कायम राख्न सक्षम बनाउँछ ।
साथै, ५ वर्षसम्मको ब्याट्री ग्यारेन्टीले प्रयोगकर्तालाई दीर्घकालीन सन्तुष्टि दिन्छ । भिभो वाई–२९ को डिजाइन पक्षमा पनि नयाँपन देखिन्छ । थ्रीडी कभ्र्ड ब्याकप्लेट र मेटालिक हाई–ग्लस फ्रेमले स्टाइल र समात्न सजिलोपन दुबै प्रदान गर्छ।
नोबल ब्राउन र एलीगन्ट ह्वाइट रंग विकल्पमा उपलब्ध यो फोनमा डायनामिक लाइटसहितको आकर्षक क्यामेरा मोड्युल छ, जसले फोटो तथा भिडियो अनुभवलाई नयाँ उचाइमा पुर्याउँछ । फोनमा प्रयोग गरिएको शट अल्फा ग्लासले यसलाई ड्रप, डस्ट र स्प्ल्यास प्रूफ बनाउँछ चाहे त्यो बाइकमै यात्रा गर्दा होस्, समुद्रकिनारमा घुम्दा होस् वा आकस्मिक पानी पोखिँदा होस्
प्रदर्शन र फिचरको संयोजनमा भिभो वाई–२९ अत्यन्तै प्रभावशाली छ । ८ + ८ जिबीको विस्तारित र्याम र २ सय ५६ जिबी स्टोरेजले गर्दा मल्टिटास्किंग झन्झटरहित मल्टिटास्किंगको सुनिश्चित गर्छ । १ सय २० हर्ट्ज रिफ्रेश रेट, १ हजार निट्ससम्मको ब्राइटनेस, र टीयूभी राइनल्याण्ड लो ब्लू लाइट डिस्प्ले र ४ सय प्रतिशत अडियो बुस्ट सहितको डुअल स्टीरियो स्पिकरजस्ता फिचरहरूले तपाईंको मनोरञ्जनलाई अझ जीवन्त बनाउँछ ।
फोटोग्राफीप्रेमीका लागि, भिभो वाई–२९ मा ५० एमपी एचडी मुख्य क्यामेरा छ । एआई– ईरेज र एआई–फोटो ईनह्यान्समेन्टजस्ता स्मार्ट टुल्सले सम्पादनलाई अझ सहज बनाउँछ । साथै, एआई– सुपर लिंक, सर्कल टु सर्च र स्क्रिन ट्रान्सलेसन जस्ता स्मार्ट फिचरहरूले दैनिक प्रयोगलाई अझ सहज र प्रभावकारी बनाउँछन्।
भिभो वाई–२९ अहिले नेपालभरिका सबै रिटेल स्टोरहरूमा र दराज अनलाइनमा उपलब्ध छ । यसको प्रारम्भिक मूल्य २४ हजार ९ सय ९९ राखिएको छ । सशक्त ब्याट्री, मजबुत बनावट र स्मार्ट फिचरहरूसहितको भिभो वाई–२९ एक यस्तो स्मार्टफोन हो, जसले प्रदर्शन, सौन्दर्य र दीर्घकालीन प्रयोगको आदर्श संयोजन प्रदान गर्छ।
Comments are closed.