परिक्षा सम्वन्धमा भ्वाईस अफ स्टुडेन्ट्स नेपालको ध्यानाकर्षण

 

भ्वाईस अफ स्टुडेन्ट्स नेपाल (Voice Of Students Nepa)l ले त्रिभुवन विश्वविद्यालयले परिक्षा सम्वन्धी गरेको निर्णयमा ध्यानाकर्षण भएको जनाएको छ । आफुहरु परिक्षा बिरोधी नभएको तर सरकार र शिक्षा क्षेत्रले गरेको एकल निर्णयको उनिहरुले विरोध गरेका छन् ।

देशमा लकडाउन मात्र खुलेको हो , तर कोरोना सकिएको छैन, केशहरु केही मात्रामा घट्दै गएपनी बढ्ने रफ्तारको अन्त्य भएको छैन ,यो अवस्था  एकल निर्णय लिइ बिद्यार्थीको मानसिक अवस्था संग खेलवाड गरिएको अभियन्ता आदित्यबाबु भट्टराईले बताए ।

कोरोना संगसंगै बाढी पहिरो जस्ता जोखिम पनि बढिरहेको छ । बिद्यार्थीहरु आवत जावत गर्न सहज नभएको र विकल्प नखोजी परिक्षाको वारेमा निर्णय गरिनु आपत्तिजनक भएको उनको भनाई छ ।

कतिपय परिक्षा केन्द्रमा क्वारेन्टाईन बनाईएको छ त्यस केन्द्रमा तत्कालै विद्यार्थीले कसरी सुरक्षिा महसुस गरेर परिक्षा दिने भन्ने कुरा पनि ख्याल गरिनुपर्ने उनिहरुको भनाई छ ।

रहरले कोहि बिरोधि नबन्ने तर अवस्थाले बिरोधी जन्माउने अर्का अभियन्ता विश्व भण्डारीले बताए । यो आवाज सम्पुर्ण विद्यार्थीको रहेको र हरेक विद्यार्थीको माग भनेका सवै किसिमका प्रश्नको जवाफ रहेको र माग पुरा नभए शिक्षा क्षेत्रले नै ठुलो क्षती व्यहोर्ने उनको भनाई छ ।

ध्यानाकर्षणमा निम्न कुरा उल्लेख गरिएको छ :

1.लकडाउन मात्र खुलेको हो , तर कोरोना सकिएको छैन, केश हरु केही मात्रामा घट्दै गएपनी बढ्ने रफ्तारको अन्त्य भएको छैन ,यो अवस्था किन एकल निर्णय लिइ बिध्यार्थिहरुको मानसिक अवस्था संग खेलवाड गरिदै छ ?

2.देश कोरोना संगसंगै दैबि प्रकोपको जोखिममा छ , बिद्यार्थी आवत जावत गर्न अवस्था पहिले जस्तो सजिलो छैन बिद्यार्थीलाइ एक ठाउँबाट अर्को ठाउँसम्म सुरछित तरिकाले यात्रा गर्न सक्ने आँट आएको छैन यस्को लागि के बिकल्प सोचिएको छ उनिहरुको भनाई छ ।

3.देशैभरिका १७२ वटा परिक्षा केन्द्रमा क्वारेन्टाइन छन् कसरी त्यही केन्द्रमा बिद्यार्थीले सुरक्षित महसुस गरेर परिक्षामा सामेल हुन सक्ने अवस्था छैन ।

4.धेरैजसो बार्षिक शिक्षा लिदै गरेका बिध्यार्थिहरुको गुनासो छ २/४ महिना भन्दा पढेको छैन कोर्स सकिएकै छैन , अनि किन हतारमा परिक्षा लिने निर्णय गरियो भन्न्े प्रश्न विद्यार्थीले सम्वन्धीत निकायलाई गरेका छन् ।

5. अन्तरास्ट्रिय स्तरको सेमेस्टर शैक्षिक प्रणाली अपनाइएको छ , त्यस्मा रहेको आन्तरिक मुल्यांकनको उचित मुल्यांकन गर्न सकिएको नसकेको विद्यार्थीको आरोप छ ।

6. कक्षा ११को परिक्षा अब आन्तरिक मुल्यांकन कै आधारमा यसपालिको रिजल्ट प्रकासन गरि १२ पढ्ने अनुमती दिने भनिएको थियो तर अहिले अचानक किन फेरि परिक्षा लिने भनी बिध्यार्थिहरुको मानसिकता माथी खेलवाड गरिदै छ ?
हामी हरेक बिध्यार्थिहरुको माग भनेको यी सबै किसिमका प्रश्नको जवाफ हो र संबंधित निकायहरुलाइ खबरदारीता हो ।

Citizen Trade Link
Nova computer
टिप्पणिहरु
Loading...