फक्सवागनको टाइगुन मेला, आकर्षक उपहार र विशेष छुट

काठमाडौं । नेपालीहरुले मनाउने दसैं, तिहार लगायतका पर्वलाई लक्षित गरी पूजा इन्टरनेसन नेपाल प्रा.लि.ले वान दरवार महल दरवारमार्गमा ‘फक्सफेष्ट सरप्राइज’ अन्तर्गत टाइगुन मेला लगाएको छ । मेला तिहारसम्म जारी रहनेछ । यो फेस्टिबल अन्तर्गत ग्राहकहरुले टाइगुन गाडीको टेष्ट ड्राइभ, बुकिङ र खरिद गर्न सक्नेछन् ।

इच्छुक ग्राहकले मेला स्थलबाटै बुकिङ, फाइनान्सिङ इन्स्योरेन्स र एक्स्चेन्ज सुविधा उपयोग गर्न सक्ने पूजा इन्टरनेशनलले जनाएको छ । टेष्ट ड्राइभमा सहभागी भएर टाइगुन खरिद गर्ने ग्राहक मध्येबाट लक्की ड्रका आधारमा भाग्यमानी ग्राहकले बीएमडब्ल्यु जी३१०जीएस मोटरसाइकल, सुजुकी बर्गम्यान स्कुटर र सामसुङ जेडफ्लिप्स३ स्मार्टफोन पुरस्कार जित्न सक्नेछन् । बालबालिका र परिवारसँग रमाउनका लागि विभिन्न आकर्षक खेलहरु समेत मेला स्थलमा आयोजना हुनेछ ।

मेला अवधिभर टाइगुन खरिद गर्न चाहने ग्राहकले आकर्षक नगद छुट, लोयल्टी बोनस, फ्रि एसेसरिज, फ्रि रोड ट्याक्स, एक्स्चेन्ज बोनस, २ वर्ष वारेन्टी, ४ वर्षसम्म फ्रि सर्भिसिङ, सहज फाइनान्स लगायतका सुविधा तथा छुट प्राप्त गर्नेछन् ।

jutta mela

नयाँ कम्प्याक्ट एसयूभी टाइगुन विश्व स्तरीय १.० लिटर टर्बोचाज्र्ड इन्जिनद्वारा सञ्चालित छ, जसले ११४ हचपावर र १७८ एनएम टर्क जेनेरेट गर्छ । नेपाली बजारमा उपलब्ध यस प्रकारका कम्प्याक्ट एसयूभी मध्ये यसको पावर र टर्क सबैभन्दा उच्च भएको कम्पनीको दाबी छ । फक्सवागन आफ्ना ठूला एसयूभी गाडीहरुको लागि विश्वमै लोकप्रिय छ । फक्सवागन टाइगुनको सुरुवाती भेरिएन्ट कम्फर्टलाइनको मूल्य सीमित अवधिको लागि ५० लाख ९० हजार रुपैयाँ तोकिएको छ । तीन भेरिएन्ट मध्ये बाँकी दुई भेरिएन्ट टाइगुन हाइलाइनको प्रारम्भिक मूल्य ६३ लाख ९० हजार र टाइगुन टपलाइनको प्रारम्भिक मूल्य ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

 

जर्मन भाषामा फक्सवागनको अर्थ ‘जनताको कार’ हुन्छ । फक्सवागन जर्मन अटोमोबाइल निर्माता कम्पनी हो । यो ग्रुप अन्तर्गत धेरै ब्रान्ड छन् । बेन्ट्ले, स्कोडा, ल्याम्बोर्गिनी, औडी, बुगाटी, सिमाट, पोर्से, स्क्यानिया, म्यान लगायत ब्राण्ड छन् ।

सन् १९३७ मे २८ मा जर्मनीको बर्लिनमा नाजी ट्रेड युनियनद्वारा फक्सवागन कम्पनीको स्थापना गरिएको थियो । पहिलो मोडलको रुपमा सन् १९३७ मा बिटल गाडी सार्वजनिक गरिएको थियो । हाल विश्वका २७ देशमा यसका १३६ प्लान्ट छन् र दैनिक २६ हजार ६ सय कार उत्पादन हुन्छन् । यी कार विश्वका १५० भन्दा बढी देशमा निर्यात हुन्छन् । विगत वर्षहरुमा फक्सवागन विश्वकै सबैभन्दा धेरै कार उत्पादक गर्ने कम्पनी रहदै आएको छ ।

काठमाडौंको पानीपोखरीमा सोरुम स्थापना गरी पुजा इन्टरनेसनल नेपालले सन् २०१० सेप्टेम्बर १० देखि फक्सवागन कार बिक्री प्रारम्भ गरेको थियो । आधुनिक उपकरण र तालिम प्राप्त जनशक्तिमार्फत देशभर फक्सवागन सेल्स र सर्भिस सेन्टर फैलिएको छ । काठमाडौंमा भएका ४ सोरुम वाहेक विर्तामोड, विराटनगर, नारायणघाट, बुटवल, भैरहवा, दाङ, नेपालगन्ज, धनगढी र पोखरा लगायतका विभिन्न स्थानमा पूजा इन्टरनेसनलको डिलरसिप र सर्भिस नेटवर्क उपलब्ध छ ।

You might also like

Comments are closed.