फक्सवागनले ल्यायो दुईवटा स्किम, टेस्ट ड्राइभ कार्निभल फेस्टदेखि आकर्षक बम्पर प्राइज

काठमाडौं । नेपालका लागि विश्वविख्यात जर्मन अटो निर्माता फक्सवागनको अधिकृत वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले चाडपर्वको अवसर पारेर एकसाथ दुईवटा आकर्षक उपभोक्तामुखी योजना ल्याएको छ । कम्पनीले फक्सवागनको पोलो र भेन्टो गाडीमा ‘फक्सफेस्ट सरप्राइज’ र टाइगनका ग्राहकलाई लक्ष्य गरेर दरबारमार्गस्थित वान दरबार मलमा ‘टाइगन कार्निभल फेस्ट’ सुरु गरेको हो ।

स्किम अन्तर्गत फक्सवागनको पोलो र भेन्टो कार खरिदकर्ताले लक्की ड्रबाट आकर्षक उपहार जित्न सक्नेछन् । स्किम अवधिमा फक्सवागनको भेन्टो वा पोलो कार खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत बिएमडब्लू जी३१० जिएस मोटरसाइकल, सुजुकी बर्गम्यान स्कुटर र सामसङ ग्यालेक्सी जेड फ्लिप३ जित्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले दसैं, तिहार जस्ता चाडपर्वको उमंगमा खुसी थप्नसीमित अवधिका लागि यो स्किम ल्याएको हो ।

यसैगरी, कम्पनीले कार पारखीलाई फक्सवागनको अल न्यू एसयूभी ताइगनको टेस्ट ड्राइभ र सट्टापट्टाको अवसर प्रदान गर्न ‘टाइगन टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प’ सुरु गरेको छ । काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णमा शुक्रबार सुरु भएको टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प असोज ११ सम्म चल्नेछ । त्यहाँ फक्सवागनको नयाँ एसयुभी टाइगनको टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सकिनेछ । क्याम्पमा कार खरिदकर्ताका लागि अन द स्पट फाइनान्सिङ, बिमा, सट्टापट्टा र बुकिङको सुविधा छ ।

jutta mela

टेस्ट ड्राइभ बाहेकको टाइगन कार्निभल फेस्ट भने दरबारमार्गको वान दरबार मलमा तिहारसम्म चल्नेछ । कार्निभल अवधिमा उक्त एसयुभी खरिदकर्ताले आकर्षक नगद छुट, लोयल्टी बोनस, निःशुल्क एसेसोरिज, एक वर्षको रोड ट्याक्स, जति किलोमिटर कुदाए पनि दुई वर्षसम्मको वारेन्टी, एक्सचेन्ज बोनस र सहज फाइनान्सिङको सुविधा पाउने छन् ।

कार्निभल फेस्टलाई अझ उत्सवमय बनाउन कम्पनीले फेस पेन्टिङ, इन्टरएक्टिभ गेम, सेलिब्रेटीसँग भेटघाटको पनि व्यवस्था गरेको छ । कार्निमल फेस्ट सहभागी कार पारखी र उनीहरुसँगै आउने बालबालिकाका लागि आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था छ । टेस्ट ड्राइभका सहभागीमध्येका भाग्यमानीले परिवारसहित हेलिकप्टरमा पवित्रस्थल गोसाइँकुण्ड पुगेर फर्किने अवसर पनि पाउन सक्छन् ।

जर्मन इन्जिनियरिङमा आधारित अल न्यू फक्सवागन एसयूभी ताइगन ४० भन्दा बढी सुरक्षा विशेषताले सुुसज्जित छ । सहरी इलाका, राजमार्ग र अफरोडमा अब्बल ड्राइभिङ अनुभव दिने यो एसयुभीको परिचयात्मक मूल्य ५० लाख ९० हजार तोकिएको कम्पनीले जनाएको छ । कार्निभलमा टाइगनसँग एक्सचेन्ज गरिने गाडीलाई उच्चतम मूल्य दिइने कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.