फक्सवागनले सार्वजनिक गर्यो ‘मनसुन एक्सचेन्ज अफर’

काठमाडौं । नेपालको लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपाल प्रा. लि. ले मनसुन एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । साउन २० गते शुक्रबारदेखि सुरू हुने ‘फक्सवागन मनसुन एक्सचेन्ज’ अफर अन्तर्गत आकर्षक ग्राहकमुखी एक्सचेन्ज योजना ल्याएको बताइएको छ ।

ग्राहकले आफुसंग भएको पुरानो गाडीलाई साटेर नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरुका लागि देशव्यापी रूपमा एक्सचेन्ज अफर सुरू गरिएको हो ।
सो एक्सचेन्ज अफरमा ग्राहकले आफ्नो कुनै पनि ब्रान्डको पुरानो गाडी साटेर जर्मन प्रविधिबाट निर्मित फक्सवागनका नयाँ गाडी घर लैजान पाउनेछन्। अपग्रेडको खोजीमा रहेका फक्सवागनका पुराना ग्राहकलेहरुले समेत आफ्नो पुरानो फक्सवागन गाडीको सट्टा नयाँ गाडीको साथमा थप सुविधाहरू समेत पाउनेछन्।

यसका साथै, योजना अवधिभर ग्राहकहरुले विभिन्न अतिरिक्त सुविधाहरु पनि प्राप्त गर्न सक्नेछन्। सहज फाइनान्सको सुविधाको साथमा ४८ घण्टाको
सबै भन्दा राम्रो एक्सचेन्ज मूल्याङ्कन प्रधान गरिने छ (सो मूल्याङ्कन ४८ घण्टाको लागि मात्र मान्य हुनेछ)। साथै ५० हजार सम्मका एक्सेसरिजहरू, फक्सवागनका ग्राहकलाई विशेष लोयल्टी बोनस, लगायतका सेवाहरु प्रदान गर्ने कम्पनीले जनाएको छ।

MANASLU

यसका साथै कम्पनीले एक रोमाञ्चक अफर पनि घोषणा गरेको छ जस अनुसार नेपालभर रहेका फक्सवागनका कुनै पनि शोरुममा आउने ग्राहकहरू मध्येबाट भाग्यशाली विजेताले लक्जरी रिसोर्टमा Staycation जित्न सक्नेछन्।

हाल नेपालमा फक्सवागनका पोलो, भेन्टो, टाइगुन र अलस्पेस भेरियन्टहरू देशभर रहेका फक्सवागनका शोरूमहरूमा उपलब्ध छन्। फक्सवागनको गाडीहरू १ वर्ष वा १५,००० किलोमिटरमा सर्भिसिङ गर्दा हुने भएकाले ग्राहकहरुको समय बचाउन मद्दत गर्दछ, २ वर्षको Unlimited KM Warranty र प्रत्येक कारमा ३ वर्षको पेन्ट वारेन्टी उपलब्ध गराउने गरेको छ। नेपालभर फक्सवागनका १० वटा शोरुम र ९ वटा सर्भिस सेन्टर सञ्चालनमा छन्।

पूजा इन्टरनेशनल प्रा. लि. ले विगत १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडीको बिक्री र वितरण गर्दै आएको छ। अतुलनिय स्टाइल, आराम र विलासिताको साथै सुरक्षा मापदण्डका हिसाबले उत्कृष्ट निर्माण भएका कारण नेपालमा बिक्री वितरण सुरू भएदेखि नै फक्सवागन नेपाली कार पारखीहरूका बीचमा निकै लोकप्रिय ब्रान्डको रूपमा स्थापित भएको छ।

You might also like

Comments are closed.