भक्सक्रोको ५औँ वार्षिकोत्सव : नेपालको डिजिटल विजनेशमा आक्रामक सेवा विस्तार गर्दै ‘गेटडेस्क’

काठमाडौं । नेपालको पहिलो कल सेन्टर टेक्नोलोजी गेटडेक्सको निर्माता कम्पनी ‘भक्सक्रो’ले स्थापनाको ५ वर्ष पूरा गरेको छ । ५ वर्षको अवधिमा ८५ भन्दा बढी कम्पनी एवम् संस्थाहरूले भक्सक्रोको गेटडेस्कमार्फत सेवा लिँदै आएका छन् ।सन् २०१८ मा सुशान्त राई र दिपेश रेग्मीले शुरू गरेको यस कम्पनीले छोटो समयमै सफलता पाएको छ ।

नेपालको डिजिटल विजनेश कम्पनीहरूमा यतिखेर बि.टु.बी सफ्टवेयरको प्रयोगले प्राथमिकता पाउन थालेको छ । यस्ता कम्पनीहरूले आफ्नो विस्तारसँगै ग्राहक सेवा केन्द्र व्यवस्थापनका लागि गेटडेस्क सफ्टवेयरको प्रयोग बढाउँदै गएका हुन् ।

यस्ता कम्पनीहरूमाझ आक्रामक ढंगले सेवा विस्तार गर्ने कम्पनीमा अग्रपंक्तिमा रहेको छ, भोक्सक्रो ।भोक्सक्रो कम्पनी आवाजमा आधारित कम्पनी हो । जसले सञ्चालनमा ल्याएको ‘गेटडेस्क’ प्रबिधिले फोन कलको झण्झटिलो व्यवस्थाको स्वरुप नै बदलेर सहज बनाइदिन्छ ।

jutta mela

फोनपे, फूडमान्डु, भोज, एरामेक्स, बिज बजार, पठाओ लगायतका डिजिटल विजनेश र ८५ भन्दा बढी कम्पनीहरूले आफ्नो ग्राहक सेवा केन्द्र व्यवस्थापनका लागि सोही प्रबिधि प्रयोग गर्दै आइरहेका छन् ।

बुद्ध एयर, नर्भिक अस्पताल, केयर नेपाल, तिलगंगा आँखा अस्पताल, गरिमा विकास बैंक, शाङ्ग्रिला विकास बैंक, मोको वालेट, सिटी एक्सप्रेस, सिप्रदी, सिजी होल्डींग, जस्ता ठूला संस्थाहरूका साथै गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा पनि सेवाग्राहीले गर्ने फोनकललाई समेत कम्पनीको सो प्रणालीले व्यवस्थापन गर्दै आएको छ ।

ठूला संस्थाहरूले चलाउने कल सेन्टर तथा गुनासो सुनुवाईका क्रममा प्रयोगमा आउने फोनकल सुविधालाई सहज रुपमा यस कम्पनीले व्यवस्थित बनाउँदै आइरहेको छ ।आवाजमा आधारित यस्ता कम्पनीहरूको कार्यसम्पादनलाई निकै सरल र सहज ढंगले व्यवस्थापन गर्ने हुँदा भोक्सक्रोको गेटडेस्क प्रणाली पछिल्लो समय निकै लोकप्रिय बन्दै गइरहेको छ ।कम्पनीले ठूला कम्पनीहरूमा आफ्नो सेवा आक्रामक ढंगले विस्तार गर्दै आइरहेको भोक्सक्रोका प्रमुख कार्यकारी अधिकृत सुशान्त राई बताउँछन् ।

के हो गेटडेस्क ?

गेटडेस्क ग्राहक सेवा केन्द्र व्यवस्थापनका लागि भक्सक्रो कम्पनीले ल्याएको एक सफ्टवेयर हो । ग्राहक सेवा केन्द्र व्यवस्थापनका लागि यो प्रविधि लोकप्रिय बन्दै गएको छ ।धेरै फोन कल व्यवस्थापनको झन्झटलाई यसको प्रयोगमार्फत विभिन्न कम्पनी तथा संस्थाहरूले सरलिकृत गर्दै गइरहेका छन् ।

कसरी लिने सेवा ?

दैनिक जसो कम्तिमा पनि सय वा सोभन्दा बढीको संख्यामा फोनकल आउँने कम्पनीहरूका लागि यसको प्रयोग उत्तम हुन्छ ।कम्पनीले त्यस्ता कम्पनीहरूलाई शुरूवाती सेटअपका लागि ४० हजारदेखि ५० हजार रुपैयाँसम्म शुल्क लिने गरेको छ । हाल गेटडेस्कलाई आधारभूत र ब्यबसायिक संस्करण मा वर्गीकृत गरि उपलब्ध गराईएको छ। कम्पनीका अनुसार, सेटअप पछि प्रति प्रयोगकर्ता मासिक ४ हजार वा ५ हजारबाटै गेटडेस्कको सेवा लिन सकिने छ ।

छोटो समयमै आर्जित विश्वसनीयता

कम्पनीले अहिले आफ्नो स्थापनाको पाँचौं वार्षिकोत्सव मनाउँदै छ । सन् २०१८ मा सुशान्त राई र दिपेश रेग्मीले शुरू गरेको यस कम्पनीले छोटो समयमै सफलता पाएको छ । जसको एक उदाहरण हो, कल व्यवस्थापनका लागि ५ बर्ष अघि पहिलो ग्राहकका रुपमा जोडिएको फूडमान्डु आजसम्म पनि निरन्तररुपमा भोक्सक्रोबाटै ढुक्क भई सेवा लिन जारी राख्नु। ग्राहक सेवा केन्द्र ब्यबस्थापनलाई बदल्दै नेपालमा कललाई व्यवस्थित बनाउन कम्पनीको भूमिका अतुलनीय रहेको कम्पनीको दाबी छ।

You might also like

Comments are closed.