पर्यटन प्रवद्र्धनको लक्ष्यसहित अटो व्यवसायीहरु रारा जाने

पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को टोली रारा भ्रमणमा जाने भएको छ । कार्यसमिति र सल्लाहकारसहितको १४ जनाको टोली रारा जान लागेको हो ।

आन्तरिक पर्यटन प्रवद्र्धनसहित कार्यसमितिको आठौं बैठक बस्ने गरी टोली रारा जान लागेको अध्यक्ष मोहन बाबु खड्काले जानकारी दिए । आगामी शनिबार पोखराबाट प्रस्थान गर्ने टोली मंगलबार फर्कनेछ ।

कोरोना महामारीबाट सिथिल बनेको पर्यटन क्षेत्रमा उत्साह थप्नसमेत भ्रमण सफल हुने कार्यक्रम संयोजक तथा वाडाका कोषाध्यक्ष शिव श्रेष्ठले बताए ।

कार्यसमितिको बैठक राराकै छेउमा बस्ने श्रेष्ठले बताए ।

You might also like

Comments are closed.