वाडाको महासचिवमा शिव श्रेष्ठ सर्वसम्मत

पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराको महासचिवमा शिव श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिबार पोखरामा सम्पन्न १७औं साधारणसभा एवं नवौं अधिवेशनबाट उनी महासचिवमा निर्वाचित भएका हुन् ।

उनी अघिल्लो कार्यकालमा वाडाको कोषाध्यक्ष भएर काम गरेका थिए । त्यस अगाडि कार्यसमितिमा लामो समयसम्म काम गरेका थिए ।

jutta mela

You might also like

Comments are closed.