पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनमा थापा र चौधरी मनोनीत

पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराको कार्यसमितिमा अटोमोबाइल व्यवसायी सौरभ थापा र अशोककुमार चौधरी मनोनीत भएका छन् । नवनिर्वाचित कार्यसमितिको मंगलबार बसेको पहिलो बैठकले थापा र चौधरीलाई कार्यसमिति सदस्यमा मनोनीत गरिएको अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

बैंकले राजेन्द्रकुमार बाटाजू, विन्दुकुमार थापा, दामु अधिकारी, शम्भुलाल श्रेष्ठ, ध्रुव थापा, माधवप्रसाद पौडेल, कालिदास पौडल, वसन्त प्रधान, विश्ववन्धु थापा, नारायणप्रसाद पौडेल, गोकर्ण कार्की र चन्द्रबहादुर कुँवरलाई सल्लाहकार चयन गरेको छ ।

कात्तिक २६ गते शनिबार सम्पन्न १७औं साधारणसभा एवं नवौं अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको थियो । कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा निर्वाचित कार्यसमितिमा नि.अध्यक्षमा मोहनबाबु खड्का वरिष्ठ उपाध्यक्षमा राघव सिलवाल, उपाध्यक्षमा दीपेन्द्र कोइराला, महासचिवमा शिव श्रेष्ठ, कोषाध्यक्षमा निरन के.सी र सचिवमा विनय थापा निर्वाचित भएका छन् ।

jutta mela

कार्यसमिति सदस्यमा दीपेन्द्र भण्डारी, छविलाल सुवेदी, अशोक चालिसे, महदत्त भट्टराई, हरिप्रसाद तिवारी, मनोज थापा, विष्णु गोयल, सन्ध्या पौडेल र नुरुज बाटाजू निर्वाचित भएका छन् ।

You might also like

Comments are closed.