यातायात कार्यालय प्रमुख रिजाललाई वाडाद्वारा स्वागत

पोखरा ।

यातायात व्यवस्था कार्यालय गण्डकी (सवारी)का कार्यालय प्रमुख डिल्लीराम रिजाललाई पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) को टोलीले स्वागत गरेको छ । उनी हालै पोखरा सरुवा भएर आएका हुन् ।

jutta mela

वाडाका अध्यक्ष मोहनबाबु खड्काको नेतृत्वमा कार्यालय पुगेको टोलीले उनलाई स्वागत गरेको हो । वाडाको टोलीमा पूर्व अध्यक्ष तथा नाडाका केन्द्रीय सदस्य ध्रुवबहादुर थापा, पूर्व अध्यक्ष माधवप्रसाद पौडेल, महासचिव दीपेन्द्र कोइराला, कोषाध्यक्ष शिव श्रेष्ठ, सदस्य छवि सुवेदी, कार्यालय सचिव गोेविन्द पौडेल लगायत सहभागी थिए ।

सो अवसरमा यातायात तथा ट्राफिक व्यवस्थापन लगायतका विषयमा कार्यालय प्रमुखसँग छलफल तथा अन्तरक्रिया गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।

You might also like

Comments are closed.