पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको वार्षिक साधारणसभा सम्पन्न

पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन पोखराको १८औं वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि नाडाका अध्यक्ष डा। ध्रुव थापाले आर्थिक मन्दीको असर अटोमोबाइल व्यवसाय लगायत सम्पूर्ण क्षेत्रमा परेको बताए । सवैको साथ र सहयोगबाट नाडाको कार्यकाल सफल भएको बताउँदै नाडाको उचाइ पनि बढेको थापाले बताए ।
नाडा अटो सोले व्यवसायमा सकारात्मक योगदान पुगेको उनको भनाइ छ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापती सरकारले व्यवसायीबाट कर लिने मात्रै नीति लिएको बताए । नाडाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलालले अटोमोबाइल व्यवसायको सम्भावना र भविष्य राम्रो रहेको बताए।

नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठले मन्दीले व्यवसायी अप्ठ्यारो अवस्थामा रहेको बताए । सबै मिलेर व्यवसाय बचाउनुपर्ने उनले धारणा राखे ।

नाडाका उपाध्यक्ष एवं वाडाका निवर्तमान अध्यक्ष मोहनबाबु खड्काले सवै मिलेर अटोमोबाइल व्यवसाय लगायत निजी क्षेत्रलाई उत्साही बनाउन आवस्यक रहेको बताए ।

नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले प्रदेश एसोसिएसनहरूसँग निरन्तर सहकार्य गरिरहेको बताए । कार्यक्रममा नाडा कार्यसमिति सदस्य आकाश गोल्छा, प्रकाश कपुरी, पुष्कर ओझा लगायतले बोलेका थिए ।

वाडाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको संयोजन उपाध्यक्ष दीपेन्द्र कोइरालाले गरेका थिए ।

साधारण सभाले महासचिव शिव श्रेष्ठ र कोषाध्यक्ष निरन केसीद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

You might also like

Comments are closed.