मणिपाल अस्पतालको सेवामा वाडाका सदस्यलार्ई विशेष छुट

पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)का सम्पूर्ण सदस्यहरुले मणिपाल अस्पताल पोखराबाट प्रदान हुने स्वास्थ्य उपचार सेवामा विशेष छुट पाउने भएका छन् ।

अस्पतालबाट प्रदान गरिने सेवामा छुट प्रदान हुने गरी दुई पक्षबीच बिहीबार सम्झौता भएको छ । सम्झौता पत्रमा वाडाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलले हस्ताक्षर गरेका छन् ।

दर्तामा शतप्रतिशत, सामान्य बेडमा २५ प्रतिशत, नियमित चाँचमा १५ प्रतिशत, अपरेसनमा १० प्रतिशत, विशेष अनुशन्धानमा १० प्रतिशत छुट प्रदान हुने सम्झौता पत्रमा उल्लेख छ । डाक्टरको परामर्श निःशुल्क हुने जनाइएको छ ।

jutta mela

अस्पतालसँगको सम्झौताबाट वाडामा आबद्ध सदस्य तथा कर्मचारीहरु लाभान्वित हुने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे ।

सम्झौता क्रममा वाडाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको उपाध्यक्ष दीपेन्द्र कोइरालाले जानकारी दिए ।

You might also like

Comments are closed.