lcci festival

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको २०औं साधारणसभा सम्पन्न

पोखरा। पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को २०औं साधारणसभा पोखरामा सम्पन्न भएको छ। साधारणसभाले अटोमोबाइल क्षेत्रका समसामयिक विषयमा छलफल गर्दै अटोमोबाइल व्यवसायलाई बलियो बनाउने अभियानमा जोड दिएको छ।

साधारणसभाको अध्यक्षता एसोसिएसनका अध्यक्ष दीपेन्द्र कोइरालाले गरेका थिए भने प्रमुख अतिथि नाडा (नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल) का अध्यक्ष करण चौधरी थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले नाडाका च्याप्टरहरूलाई अझै बलियो बनाउने अभियानमा केन्द्रित हुने बताए । ‘अटोमोबाइल क्षेत्रका समग्र समस्या समाधानका लागि नाडालाई महासंघमा लैजाने र देशभरका च्याप्टरहरूलाई अझै बलियो र सशक्त बनाउने निर्णय गरिएको छ,’ उनले भने।

साधारणसभामा नाडाका पदाधिकारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ
, नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेती, पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम,नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापा, चितवन अटोमोबाइल एसोसिएसनका उपाध्यक्ष विवस पिया लगायतले अटोमोबाइल व्यवसायका बारेमा धारणा राखेका थिए ।

अध्यक्ष दीपेन्द्र कोइरालाले साधारणसभामा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै अटोमोबाइल व्यवसायको प्रवर्द्धनका लागि एसोसिएसन निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रम संचालन सचिव विनय थापाले गरेका थिए भने उपाध्यक्ष निरन केसीले धन्यवाद ज्ञापन गरेका थिए ।

 

You might also like

Comments are closed.