वाडाद्वारा शुभकामना आदान–प्रदान तथा क्यालेण्डर विमोचन

पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराले नयाँ वर्ष २०८३ सालको पूर्वसन्ध्यामा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा संस्थाले आफ्नो वार्षिक प्रकाशन ‘नयाँ वर्ष २०८३ को टेबल क्यालेण्डर’ विमोचन गरेको छ ।

विमोचित क्यालेण्डरमा अटोमोबाइल क्षेत्रका महत्वपूर्ण प्राविधिक जानकारी, सुरक्षा सन्देश तथा संस्थाका विभिन्न गतिविधिहरूलाई समावेश गरिएको छ । व्यवसायीहरूका लागि उपयोगी सूचनामूलक सामग्री समेटिएको क्यालेण्डरले सदस्यहरूबीच सञ्चारको काम गर्ने संस्थाको विश्वास छ ।

कार्यक्रममा बोल्दै विभिन्न वक्ताहरूले वर्तमान समयमा अटोमोबाइल व्यवसायमा देखिएका चुनौतीहरू र अवसरका बारेमा चर्चा गरेका थिए । संस्थाका अध्यक्ष दिपेन्द्र कोइरालाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

You might also like

Comments are closed.