पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको २१औं वार्षिकोत्सव

पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनले आफ्नो २१औं वार्षिक उत्सव मनाएको छ । गत जेठ १० गते नयाँ बजारस्थित एसोसिएसनको सचिवालयमा एक विशेष कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाइएको हो ।

एसोसिएसनका अध्यक्ष दीपेन्द्र कोइरालाका अनुसार संस्थाको स्थापना कालदेखि योगदान पु¥याउने संस्थापक तथा पूर्व अध्यक्षहरूलाई विशेष सम्मान गरिएको थियो । अटोमोबाइल क्षेत्रको विकास र संस्थागत सुदृढीकरणमा पूर्व नेतृत्वले खेलेको भूमिकाको कदर गर्दै उनीहरूलाई सम्मानित गरिएको संस्थाले जनाएको छ ।

एसोसिएसनका वर्तमान कार्यसमितिका पदाधिकारी, पूर्व अध्यक्षहरू तथा सदस्यहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको महासचिव विनय थापाले जानकारी दिए ।

२१औं वार्षिकोत्सवको अवसरमा एसोसिएसनले संस्थालाई सहयोग गर्ने सम्पूर्ण सरोकारवाला, व्यवसायी तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार समेत व्यक्त गरेको छ ।

You might also like

Comments are closed.