वार्षिकोत्सवमा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनको सामाजिक कार्य

पोखरा । अटो व्यवसायीहरुको साझा संस्था पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनले १६औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक कार्य गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीमार्फत पोखरा प्रवेश द्वार कोत्रेमा १ थान टेन्ट संस्थाले हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठलाई टेन्ट हस्तान्तरण गरिएको अध्यक्ष मोहनबाबु खड्काले जानकारी दिए ।

त्यस्तै गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय परिसरमा ट्राफिक प्रहरीको लागि आवश्यक आइसोलेसनको निम्ति २ थान टेन्ट ट्राफिक कार्यालय गण्डकी प्रदेश प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाललाई संस्थाले हस्तान्तरण गरेको छ ।

jutta mela

उक्त अवसरमा संस्थाका पूर्व अध्यक्ष ध्रुवबहादुर थापा, माधवप्रसाद पौडेल लगायतको उपस्थिति थियो ।

You might also like

Comments are closed.